कोरोना बीमाको भुक्तानी एक साताभित्रै पाइने

कात्तिक १८, काठमाडौं । बिमा समितिले बिमा कम्पनीहरुलाई कोरोना बिमाको दाबी भुक्तानी ७ दिनमा नै गर्न निर्देशन दिएको छ । अर्थमन्त्रालयले समितिलाई कोरोना बिमाको दाबी भुक्तानी नरोक्न निर्देशन दिएपछि बिमा समितिले पनि कारोना बिमाको दाबी भुक्तानी ७ दिनमा नै गर्न निर्देशन दिएको छ ।

“अर्थ मन्त्रालयबाट अएको पत्र अनुसार हामीले बिमा कम्पनीहरुलाई कोरेना बिमाको दाबी भुक्तानी ७ दिनमा नै गर्न भनेका छौं,” बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने । अब कोरोना बिमा मादण्डमा भएको व्यवस्था अनुसार प्रक्रिया पुरा गर्नेले ७ दिनमा नै दाबी भुक्तानी पाउने उनले बताए । कोरोना बिमा मापदण्डमा ७ दिनमा नै दाबी भुक्तानी गर्ने उल्लेख भएपनि बिमा कम्पनी र बिमा समितिको आलटालले गर्दा बिमाीतले समयमा दााबी भुक्तानी पाउने सकेका थिएनन् । तर चौतफी दवाद र अर्थमन्त्रालयको निर्देशन पछि भने बिमा समितिले समयमा नै दाबी भुक्तानी गर्न कम्पनीहरुलाई निर्देशन दिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.