सम्पदा मास्न १ करोड बजेटः विरोधपछि पञ्चेधारा बन्यो लथालिङ्ग

साउन २२, काठमाडौँ । केही महिना अघि काठमाडौँको हाँडीगाँउ स्थित एक पञ्चेधारामाथी डोजर चलायो । अनि सुरु भयो फरक विचार र विवादका स्वरहरु । नामबाटै प्रख्यात स्थान काठमाडौँको हाडीगाउँ जहाँ मुलकभर कहि नहुने जात्रा तथा पर्वहरु मनाउने गर्दछ । कहि नहुने जात्रा हाँडीगाउँमा मात्र सम्भाव भएका कारण ‘कहि नभएको जात्रा हाँडी गाउँमा’ भन्ने नामले चिनिदै आएको त्यस ठाउँमा पछिल्लो समयमा भने पुनः निर्माणको नाममा विभिन्न बहना गर्दै ऐतिहासिक एवम् पुरातत्विक सम्पदाहरु मासिदै गएको छ ।

संरक्षण र सम्बद्र्धनको पखाईमा रहेको बेला त्यस क्षेत्रमा भने सम्पदा मासिदै गएपछि स्थानीय तथा सम्पदा अभियन्ताहरु चिन्तित बनेका छन् । राजनीतिक प्रभाव र जनप्रतिनिधिकै हैसियतले आफूअनुकुल बजेट ल्याई स्थानीय तथा सम्बन्धित वडालाई समेत समन्वय नगरी बर्षौदेखि रहेको सम्पदामाथी धमाधम क्षति पु¥याउँदै आएपछि स्थानीयहरु विरोधमा उत्रिएका छन् । हाँडीगाउँ स्थित गोरखनाथ मन्दिर नजिक रहेको बर्षौ पुरानो पञ्चेधारा पुनः निर्माण गर्न काठमाडौँ महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले एक करोड बजेट उपलब्ध गरेको जानकारी आएको छ । तर पुनः निर्माणको नाममा उक्त ऐतिहासिक धरोहर भने औचित्यहिन बनेको छ । सामान्य विवेक नै नपु¥याए डोजर लगाएर धाराहरु उप्काएर निकालेपछि धाराको अस्तित्व विलिन भएको त्यहाँका स्थानीयहरुको भनाई छ ।

हाडीगाउँमा हजारौ वर्ष पुरानो सम्पदा मासिदै 

यसै विषयमा सोही वडाका वडा अध्यक्ष रमेश डंगोलसंग बुझ्दा पुनःनिर्माण कार्य सुरु भएर क्षति भएको खबरपछि मात्र आफुले थाहा पाएको बताए । वडालाई समेत समन्वय नगरी निर्माण कार्य गरेकोले आफूलाई जानकारी नभएको र जनदबाब आएपछि वडामार्फ सम्पदा क्षति पु¥याउनेमाथी कडा कारबाहीको माग सहित काठमाडौँ महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागमा पत्र पठाएको जानकारी दिए । लकडाउनका कारण कारबाही प्रक्रिया अगाडी नबढेको उनको अनुमान छ । तथापी त्यस क्षेत्रमा सम्पदा संरक्षण गर्नुपर्छ भनेर हिडेका व्यक्तिहरु नै पञ्चेधारा भत्काउने कार्यमा संलग्न रहेको उनको जिकिर छ । वडा अध्यक्ष डंगोलले ठेगेदारलाई कारबाहीको माग सहित सिफारिस गरे पनि उक्त कार्यमा केही जनप्रतिनिधि र आफ्नै साथीहरु मुछिने बताउँदै नाम भने खुलाएन ।

विकास निर्माणको विषय जनसहभागिता, टेण्डर र कोटेसनमार्फत हुने गरेको उल्लेख गर्दै सम्पदा पुनः निर्माण जस्तो संवेदनशील कार्यमा भने जनसहभागिता हुनुपर्ने उनले प्रतिक्रिया दिए । तर फरक राजनीतिक विचार र पदको दूरुपयोग गरी केही जनप्रतिनिधिको निर्देशनमा वडालाई नै समन्वयन नगरी कार्य सञ्चालन गरेकोमा वडा अध्यक्ष डंगोलले दुःख व्यक्त गरेका छन् । भत्काउने र शिलान्यास गर्ने कार्य चाँही धमाधाम भईरहेको त्यस क्षेत्रमा भएको सम्पदालाई भने जोगाउन चुकिरहेका छन् त्यस क्षेत्रका प्रदेश र संघमा निर्वाचित जनप्रतिनिधिहरु । विस्तृत भिडियो रिर्पोट सहित आउनेछौँ प्रतिक्षा गर्नुहोला….

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.