हाडीगाउँमा हजारौ वर्ष पुरानो सम्पदा मासिदै

परम्परागत पञ्चेधारा मास्ने अधिकार कस्ले दियो ?

असार २१, काठमाडौँ । नामबाटै प्रख्यात स्थान काठमाडौँको हाडीगाउँमा विभिन्न बहना गर्दै ऐतिहासिक एवम् पुरातत्विक सम्पदाहरु मासिदै गएको छ ।

शिवदेवको पालामा १५ सय वर्ष पहिला बनेको नरहिटीको मौलिकता अहिले पुनःनिर्माणको नाममा मासिएको छ । स्थानीय तहमा समन्वय नगरी जीर्णोद्वार गर्न खोज्दा हितिको अस्तित्व नासिन पुगेको छ ।  काठमाडौँ महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले हिति पुनः निर्माणको प्रक्रियामा अघि बढाउदा समेत सम्बन्धित वडासंग समन्वय गरेन । ठेगेदारसंग ठेक्काको सम्झौता भयो । ठेक्का पाउने बित्तिकै नेकपाकै स्थानीय नेताहरुको निर्देशनमा विवेक नै नपु¥याई ऐतिहासिक हिति रहेको स्थानमा डोजर कुदाईयो । हिति उप्काउने, पर्खाल भत्काउने र मूर्तिमा क्षति पु¥याउने काम भएपछि स्थानीयहरुले विरोध गर्दै आएका छन् ।

स्थानीयहरु भन्छन्– ‘ यहाँको पञ्चेधाराको आफ्नै विशेषता छ गाईजात्रामा हनुमानढोका जानुपर्दैन यस नगरमा बस्नेहरु यहि मेला गर्छन्’ नरहिटी अर्थात पञ्चेधारामा गाईजात्रा भएको बेला गाई बनेर आउनेहरुलाई पानी खुवाउने ठाउँ भएको हुनाले ऐतिहासिक विशेषता रहेको मान्छन् त्यहाँका स्थानीयहरु ।

ठेकेदारले पुनः निर्माणको नाममा सामान्य विवेक तथा मापदण्ड नपु¥याई सम्पदा क्षेत्रमा डोजर लगाउँदा हजारौँ वर्ष पुरानो पुरातात्विक र ऐतिहासिक महत्वको संरचना नष्ट भएको छ । उक्त कार्यको चौतर्फी विरोध भएपछि यसअघि हिति सम्पदा बचाऔ अभियान्ताहरु वडा कार्यालय घेर्ना पुगेका थिए । स्थानीयहरुले सम्पदा मास्ने र मास्न लगाउने विरुद्ध कडा कारवाही हुनुपर्ने बताउँदै आएपनि त्यस विषयमा सम्बन्धित निकाय चुपचाप बसेका छन् । वडा कार्यालले पनि गत माघ १७ गते नै महानगरको सम्पदा तथा पर्यटन विभागलाई तत्काल काम रोक्न र कारवाहीको मागका सिफारिस गरेको बुझ्न आएको छ । ऐतिहासिक स्थान वडा– ५ स्थित पञ्चेधारा पुनः निर्माणको नाममा गैरजिम्मेवारीपूर्ण जथाभावी डोजर लगाई महत्वपूर्ण मूर्ति र पुरातात्विक वस्तुहरु नस्ट गरेको भन्दै स्थानीयले उजुरी दिएका थिए ।

काठमाडौँ उपत्यकाको सबभन्दा प्राचिन शहर हाडीगाउँमा रहेको हजारौ वर्ष पुरानो हितिमा क्षति भने पुगिसकेको छ । सम्पदा संरक्षणमा अग्रसर देखाउनुपर्ने पुरातत्व विभाग भने अझै बेखबर छ । वडा अध्यक्ष रमेश डंगोल हिति पुनः निर्माणका लागि ठेगेदारसंग भएको सम्झौता र डोजर लगाएको विषयमा जानकारी नभएको यस अघि सञ्चार माध्यममा भन्दै आएका छन् । तर सोही वडाका अध्यक्ष डंगोलसंका प्रतिद्वान्द्वी गणेश श्रेष्ठकै नेतृत्वमा उक्त कार्यको आरम्भ भएको जनस्तरबाट जानकारी आएको छ ।

त्यस्तै ललितपुरमा पनि सम्पदाको विनास हुने गरी स्थानीयहरुको माग विपरीत बाहिरी चक्रपथ निर्माणले उग्र लिएपछि दिनाहुदिन स्थानीय र प्रहरीवीच विवाद चर्किरहेका छन् । विकासको नाममा उपत्यकामा नेवार संस्कृति र सभ्यतामाथी नै प्रहर भईरहेको भन्दै नेवा संस्कृति तथा अभियन्ताहरु विरोध तथा प्रर्दशन गर्दै आइरहेका छन् ।

इतिहासलाई जस्ताको तस्तै राख्ने कि झिटिझम्टाले सिँगार्ने ?  प्राचीन इतिहास बोकेको परम्परागत पञ्चेधारालाई मास्ने अधिकार कस्ले दियो ?  सम्पदाप्रति किन चेत आएन ठेगेदार र अह्वाउने नेतृत्वलाई ?  पैसाकै लोभमा किन यस्तो गैरजिम्मेवार बन्दैछन् जनप्रतिनिधि र ठेगेदारका मालिकहरु ? नेपालको विद्यामान कानुनअनुसार पुरातत्विक सम्पदा नष्ट गर्नु, चोरी गर्नु तथा क्षति पु¥याउनु अपराध हो । यो अवस्थामा हजारौ वर्ष पुरानो हितिमा डोजर लगाउने विरुद्ध अब कस्तो कारवाही हुन्छ ? यो महत्वको विषय बनेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.