जापानबाट तेत्तीस करोड ५० लाख अनुदान प्राप्त हुँदै

साउन ९, टोकियो । जापानले विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकारलाई ३३ करोड ५० लाख अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।

अर्थ मन्त्रालयमा आयोजित एक संक्षिप्त कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले अनुदान सहयोग सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । सोही अवसरमा जापानी अन्तरराष्ट्रिय सहयोग निकाय (जाइका) का प्रमुख प्रतिनिधि युमिको आसाकुमा र अर्थ मन्त्रालयको अन्तरराष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपालले उक्त कार्यक्रम कार्यान्वयन गर्ने सम्बन्धी अर्को सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सन् २०२२ सम्ममा अल्पविकसित राष्ट्रबाट नेपाललाई स्तरोन्नति गर्न तथा २०३० सम्ममा दिगो विकासका लक्ष्यहरू हासिल गरी मध्यम आययुक्त देशमा स्तरोन्नति हुने नेपाल सरकारको लक्ष्यप्राप्तिमा सघाउने दिशामा विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयन गर्न जापानी अनुदान उपयोगी हुने विश्वास गरिएको छ ।रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.