वनारसमा जबरजस्ती नेपालीको कपाल खौरिदिने पक्राउ, संलग्नहरुको खोजी तीब्र

साउन ३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अभिब्यक्तिलाई लिएर भारतको वनारसमा एक नेपालीको कपाल जबरजस्ती खौरिदिएको घटनामा संलग्नलाई प्रहरीले प्रक्राउ गरेको छ ।

मुन्डन गरिरहेको तस्वीर खिच्ने सन्तोस पाण्डेय र अन्य केहीलाई प्रहरीले पक्राउ गरेको हो । पाण्डेयले उक्त घटनाको भिडियो बनाएको प्रहरीले जनाएको छ । वनारसमा एक संगठन चलाउँदै आएका अरुण पाठकले फेसबुकमा कपाल खौरिएको भिडियो सेयर गरेका थिए । प्रहरीले पाण्डेयको फोनमा उक्त भिडियो भेटाउनुको साथै घटनामा संलग्न अन्य व्यक्तिहरुको समेत पहिचान गरेको छ।

प्रहरीले अरु दुईजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। अन्य ब्यक्तिहरुको खोजी भइरहेको छ । घटनामा संलग्नहरुविरुद्ध कठोर कारवाही गर्ने प्रहरीले जनाएको छ । स्थानीय मिडियाका अनुसार विश्व हिन्दु सेनाले कपाल खौरेपछि ती नेपालीको शिरमा ‘जय श्रीराम’को नारासमेत लेखिदिएका थिए।
त्यसपछि उनीहरुले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी पनि गरेका थिए । सामाजिक सन्जालमा भाइरल बनेको एक भिडियोमा बनारसमा बसिरहेका एक नेपालीको कपाल मुन्डन गरिएको देखिन्छ भने साथमा एक व्यक्ति बोलिरहेको सुनिन्छ।

त्यस्तै, भिडियोमा ओलीलाई माफी माग्न भन्दै ती व्यक्तीले कपाल मुण्डन गरिएका व्यक्तिलाई नेपालविरुद्ध मुर्दावाद भन्न लगाएको सुनिन्छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.