विदेशमा सङ्क्रमित नेपालीमध्ये ९२ प्रतिशत सङ्क्रमणमुक्त

असार २८, काठमाडौं । विश्वभर महामारीका रुपमा फैसिएको कोरोना भाइरसको सङ्क्रमणका कारण विदेशमा यो साता कुनै पनि नेपालीको निधन नभएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले जनाएको छ ।

सङ्घ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा कोरोना भाइरसका कारण निधन हुनेको सङ्ख्या र सङ्क्रमणको दर उल्लेख्यरुपमा कमी हुँदै गएको छ । सङ्घका अनुसार जम्मा कोराना सङ्क्रमितमध्ये ९२ प्रतिशत नेपाली कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।

शनिबार साँझसम्म विश्वभर सङ्क्रमित २९ हजार ६२४ जना नेपालीमध्ये २७ हजार ३६२ जना सङ्क्रमणमुक्त भएको सङ्घका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए। सङ्घ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार अष्ट्रेलिया, पोल्याण्ड, कतार, साउदी अरब लगायतका देशमा रहेका नेपालीमा यो साता कोरोना सङ्क्रमण दर सामान्यरुपमा वृद्धि भएको छ । गत सातासम्म विभिन्न १४ देशमा कूल १४३ जना नेपालीको कोरोनाका कारण ज्यान गएको सङ्घले जनाएको छ ।रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.