पेट्रोल, डिजेल र मटितेलको मूल्य बढ्यो (विज्ञप्ति सहित)

असार १६, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको छ । पेट्रोलको मूल्य ५ रुपैयाँ बढाएको छ भने डिजेल र मटितेलको मूल्य २÷२  रुपयाले बढाइएको छ ।

नेपालले इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य अनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको जनाएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले भारतले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७७ पैसा, डिजेलमा ५ रुपैयाँ ८८ पैसा र हवाई इन्धनमा प्रतिलिटर ६ रुपैयाँ ६ पैसा बढेर आएको बताएका छन् । निगमले लागु गरेको नयाँ मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुने आयल निगमले जनाएको छ ।

खुद्रा मूल्य समायोजनपश्चात् थानकोट, सुर्खेत र दिपायलका लागि पेट्रोल प्रतिलिटर १ सय १, डिजेल ८७ र मटितेल ८७ रुपैयाँ पर्नेछ ।

पोखरा र दाङका लागि पेट्रोल प्रतिलिटर १ सय रुपैयाँ ५० पैसा , डिजेल ८६ रुपैयाँ ५० पैसा र मटितेल ८६ रुपैयाँ ५० पैसा पर्ने निगमले जनाएको छ । चारआली, विराटनगर, महेन्द्रनगर, वीरगन्ज, अमलेखगन्ज, भलवरी, नेपालगन्ज र धनगढीका लागि पेट्रोल ९९ रुपैयाँ ५० पैसा, डिजेल ८५ रुपैयाँ ५० पैसा र मटितेल ८५ रुपैयाँ ५० पैसा तोकेको जनाएको छ । निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत राखेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.