कोरोना भाइरस ( कोभिड–१९) को महामारिको कारणबाट विश्व नै बन्दाबन्दिको अबस्थामा छ । करिब ५ महिनादेखि यो महामारी विश्व ब्यापी रुपमा फैली रहेको छ र यसले एक पछि अर्को गुणहरु परिबर्तन गर्दै मानव जातिको अस्तित्व तथा आधुनिक बिज्ञान लाई नै चुनौती खडा गरेको छ । यति लामो समय सम्म बिश्व नै लकडाउनको अबस्थामा रहेकोले विश्व अर्थ ब्यबस्था नै धरासायी बनी सकेको छ ।
यस महामारिको कारणबाट गरिब तथा श्रमजीवी वर्गमा रोग वा भोक मध्ये कुन स्वीकार गर्ने अत्यन्त जटिल विकल्प खडा भएको छ । रोगबाट बच्नको निमित्त बन्दाबन्दीलाई अनुशासित रुपमा पालन गर्ने हो भने दैनिक गुजारा चालाउन नसकेर भोकले मर्ने अबस्था सिर्जना हुने पक्का छ भने अर्कोतर्फ भोक मेटाउनको निमित्त काममा निस्कदा रोगले प्रताडित हुने जोखिम रहेको छ ।
कतिपय अवस्थामा श्रम गर्न चाँहदा पनि व्यावसाय संचालन नहुँदा रोग त संभावित खतरा हो त्यो जोखिम मोलेर नै पनि भोग मेटाउन नपाएका श्रमिकहरुको संख्या धेरै छ । त्यसैले अब बिश्वमा रोगबाट वच्न भोकले मर्ने कि अघाएको पेटले रोगसग मुकाबिला गर्ने यो अहम प्रस्न खडा भएको छ ।
नेपालमा पनि दुई महिना देखि बन्दाबन्दी कायम रहेको छ ।अत्यावश्यक उधोगधन्दा भन्दा बाहेक सबै बन्दको अबस्थामा छ । अति बिपन्न जनता तथा श्रमिकवर्ग दैनिक गुजारा चलाउन नसकेर आत्महत्याको बाटो रोज्न बाध्य भएका कयौं घटना बाहिरिएको छ । यो विषम परिस्थितिलाइ राज्य श्रमजीवी वर्ग तथा ब्याबसायी लगायत सबैले मानव जिबनको रक्षा पहिलो कर्तब्य हो ।नाफा र नियम मानव जातिले जीवन मर्यादित तथा सुखमय बनाउनको लागि प्रयोग गर्ने साधन मात्र हुन भन्ने बुझाइको साथ कर्तब्य निर्बाह गर्न जरुरी छ ।
कोरोना भाइरसको केश पछिल्लो चरणमा नेपालमा समेत बढेर गयको छ । यहि हिसाबले जानेहो भने हाम्रो देशमा पनि बन्दाबन्दी अरु लामै समय हुनसक्ने बुझ्न कठिन हुदैन ।यसरी बन्दाबन्दी बडाउने तर बिपन्न बर्ग तथा श्रमजिबी वर्गको जीवनयापनका निमित्त भरपर्दो कार्यक्रम राज्यले घोषणा नगर्ने हो भने बिद्रोहको आगो बल्न सक्ने तथ्यलाइ नकार्न सकिँदैन । भारतका विभिन्न शहरहरुमा त्यहाँको श्रमिक तथा विपन्न जनताले भोकका बिरुद्द गरेको प्रदर्शन दक्षिण अमेरिको राज्य चिलिमा भयको आक्रमक भड्काव नेपालमा नहोला भन्ने अधार छैन । जब मानिस भोकले आक्रान्त हुन्छ त्यसको समाधानको लागि सडकमा आउने उसको पहिलो बिकल्प बन्छ त्यस तर्फ राज्य बेलैमा सजक हुन जरुरी छ ।
युरोप अमेरिका लगायतका देसहरुमा राज्यले आफ्ना श्रमिकहरुको निमित्त बन्दाबन्दिको अबधिमा जिबिका चल्न सक्ने किसिमको राहत कार्यक्रम घोषणा गरेका छन । भारत सरकारले पनि बन्दाबन्दी सुरु भएपछि सबै व्यावासायिहरुलाइ बाध्यात्मक निर्देशन जारी गरि बन्दाबन्दी अवधिको तलब भत्ता अनिवार्य भुक्तानी गर्न र रोजगारीबाट कसैलाइ पनि बेदख्खल नगर्न निर्देशन गरेको छ । दैनिक ज्यालादारिमा काम गर्ने श्रमिकहरुको लागि राज्यले प्रभाबकारी राहत कार्यक्रम घोषणा गरेको छ । नेपालमा दैनिक ज्यालादारी श्रमिकका निमित्त घोषणा गरेको राहत कार्यक्रम पनि अब्यबस्थित तथा अपारदर्शी बन्यो । लाखौ श्रमिक बस्ने बाँस तथा खाने छाक टार्न नसकेर महिनौ हिडेर गाउँ फर्कन बध्य भए ।
संगठित क्ष्रेत्रमा समेत सरकारले कार्यान्वयन हुनसक्ने गरि निर्देसन गरेको देखिदैन । ब्यबसाय बन्द छन ब्यबसायिहरुको आफ्नो खालको पीडा छ तर ब्यबसायिले पनि यस संकटको कारण श्रमिक हुन भने जसरी श्रमिक माथिनै आदेस र निर्णयको डन्डा चलाइ रहेको छ । ब्याबसायिहरु दसकौ आफ्नो उधोग प्रतिस्ठानमा काम गरेको श्रमिक लाई केही महिना विश्व महामारिको कारणबाट श्रम गर्न नसक्दा वा भनौ नपाउदा तलब दिन नसक्ने तथा रोजगरी बाटै निश्कासन गर्ने जस्ता मानवीय संवेदनहिन काम गरिरहेका छन ।
नेपाल सरकारले बैसाख १५ गते राजपत्र प्रकासित त गर्यो बन्दाबन्दी अवधिलाइ सार्बजनिक बिदा सरह मानि तलब भत्ता श्रमिकहरुलाइ दिनु भनी तर चैत्र महिनाको तलब सम्म श्रमिक हरुले पाउन सकेला छैनन । न ब्याबसायी तलब दिन्छन न सरकार निर्णय कार्यान्वयन नगर्ने माथी कुनै दबाब वा कार्बाही गर्न चासो दिन्छ । ब्याबसाय जोगाउन तथा महामारिले तहसनहस भएकोलाइ उकास्न सरकारले ब्याबसाहिलाइ पनि दिल खोलेर राहत कार्यक्रम बजेट मार्फत ल्याउनु पर्छ । महामारिले थिल्थिलो पारेको ब्याबसाय उकास्न सहुलियत छुट सुबिधा लागायत्का कार्यक्रम सरकारको तर्फबाट आउन जरुरी छ । ब्याबसायीहरुले सरकारसंग आफ्ना माग अनुरोध तथा सहुलियतको लागि दबाब सिर्जना गर्नुपर्छ त्यो ठिक छ । त्यसका निमित्त श्रमिकहरुको पनि ऐक्यबद्धता हुन्छ र हुनु पर्छ ।तर यश संकटको घढिमा आफूसंग बर्सौ कामगरेको श्रमिकलाइ केहिमहिना ब्याबसाय नचलेको भन्दै तलब दिन नसक्ने भन्नू अमानबिय तथा गैरजिम्मेवार ब्याबहार हो ।
पर्यटन क्षेत्र यस महामारी बाट सबभन्दा बडि आक्रान्त क्षेत्र हो भन्दा अतिसयोक्ती नहोला । यस क्षेत्रलाइ पुर्बाबस्थामा फर्काउन ब्याबसायी सरकार तथा श्रमिक सबैले एकिकृत रुपमा तर फरक सोच ,कार्यक्रम तथा रणनिती बनाउनु पर्छ। आजकै ब्यापारिक योजना र सरकारी नीतिले यो ब्याबसाय अब चल्न कठिन छ । ब्याबसाय भनेको पूँजि र श्रमको योग हो । एउटा मात्रले ब्याबसाय कल्पना गर्न सकिँदैन । तर यो महामारिलाइ देखाएर यश क्षेत्रका ब्याबसायिहरु श्रमिकलाई तलब दिन नसक्ने तथा केही ठुला होटलहरुले त श्रमिक कटौती सम्म गर्न थालेक छन ।यसरी संकट्लाइ गलत उपयोग गर्न खोज्दा त्यसको परिणाम भयाबह आउन सक्छ ।
एक माघले जाडो जादैन भन्ने तथ्य बुझ्न समेत सबै ब्याबसायिहरुलाइ अनुरोध छ । नेपाल सरकारले प्रकाशित गरेको राजपत्रलाइ कार्यान्वयन र यस महामारिमा श्रमिकहरुलाइ तलब भत्ता समयमा उपलब्ध गराउनु असल श्रम सम्बन्धको मानक हो । यस महामारिलाइ श्रमिक विरुद्ध षड्यन्त्र गर्ने अबसर हो भन्ने सोचलाइ श्रमिकहरुको बृहत् एकताको बलले परास्त गर्ने छ र त्यस्ता सोचको विरुद्ध विशाल श्रमिक आन्दोलन अबश्याम्भावी संगाठित हुनेछ । बेलैमा चेतना भया ।
(कुमार पन्त – अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुराँ मजदुर संघका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । )

