दुधाधारी विद्यालयमा व्यवस्थापन समिती पुर्नगठन

पुस २२, कपिलबस्तु । विजयनगर गाउँपालीका वडा नम्बर १ स्थित दुधाधारी माध्यमिक विद्यालय व्यवस्थापन समिती पुर्नगठन गरिएको छ ।

आज भएको अभिभावक भेलाले चार जना सदस्यमा महिलातर्फ प्रमिला पौडेल , गिता मिश्रा र पुरुष तर्फ राम प्रघट कोरी , राम जनम यादवलाई सर्वसहमतीले चयन गरेका हुन । छोटो समयमै गाउँपालिकामै नमुना विद्यालय बन्दै गएकोमा कार्यक्रमका प्रमुख अतिथी गोपाल बहादुर थापाले खुलेरै प्रसंशा गर्दै गाउँपालिका भित्रै उच्च शिक्षा सञ्चालनका लागि सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो । अबको दुई वर्षभित्र गाउँपालिकामा राजमार्गसँग जोडीने हरेक बाटोहरु कालोपत्रे गर्ने लक्ष्य रहेको थापाले बताउनु भयो ।

त्यस्तै एक घर एक खानेपानी धारा सहित अगाडी बढेकोले पालीकाभित्र रहेका सम्पुर्ण जनताहरुले शुद्ध पिउने पानी पाउने छन् भनी गाउपालिकाको योजना रहेको बताउदै चिरइ खोलामा नौरङ्गीया घाटमा झुलुङगे पुल कार्य सञ्चालनमा रहेको र लोहरौला घाटमा झुलुङगे पुलको सिलन्यास गर्ने जानकारी गराउदै यसै वर्ष देखि बिसहवा खोला नेउलागञ्जमा पक्की पुल निर्माण कार्य थालिने समेत जानकारी दिनुभएको थियो । कार्यक्रमको सहजिकरण शिक्षा शाखा तर्फबाट शिवराज शुवेदीले गर्नुभएको थियो भने नवगठित समितीलाई गणेशपुर मावीका प्रधानाध्यापक श्याम प्रसाद चौधरी , २ नम्बर वडा अध्यक्ष नेपाल थारु ७ का दिनेश कुमार चौधरी , बुद्धीजिवी समाजसेवी डाक्टर जहिरुल हशन खाँ लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम विजयनगर गाउँपालीका वडा नम्बर १ का वडा अध्यक्ष ईन्नर थारुको अध्यक्षता , सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक पुर्ण बहादुर परियारले गर्नुभएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.