घरजम गर्ने मुडमा नायिका ऋचा शर्मा

साउन २३, काठमाडौं । नायिका ऋर्चा शर्माले यसै वर्ष विवाह गर्ने संकेत गरेकी छिन । केही समययता राणा परिवारका युवासँगको प्रेममा रहेको बताइएकी ऋर्चाले यसअघि एक अन्तर्वार्ताको क्रममा २०७६ सालमा विवाह गर्ने याेजनामा रहेकाे बताएकी थीन ।

ऋचाकाे समकालीन साथी प्रियंका कार्की पनि यसै वर्ष बैवाहिक बन्धनमा बाँधिदैछिन । ऋर्चाले पनि विवाह गर्ने निर्णय लिएकी छिन । फिल्ममा अभिनय गरेकी ऋर्चा पछिल्लो समय विभिन्न रियालिटी शोहरुमा निर्णायकको भूमिकामा समेत देखिने गरेकी छिन । गतवर्ष ऋर्चाले हरर फिल्म ‘सुनकेसरी’ निर्माण गरेकी थीन । उनलाई यो फिल्मले सोचे जति सन्तुष्टि दिएन । अब उनले हरर फिल्म खेल्ने इच्छा समेत नभएको बताएकी छिन ।

फिल्म निर्माण तिर नदेखिएकी ऋर्चाले यही वर्ष ‘पाङग्रा एक्सपेस्र’ मार्फत व्यवसाय तिर हात हालिन । अब भने उनी घरजम गर्ने मुडमा पुगेकी हुन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.