असार २०, भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड परिक्षा नियन्त्रण कार्यालय सानाेथीमिमा एसईइको परिक्षा परीक्षामा चित्त नबुझेको भन्दै निबेदन दिने काक्षा १० का विद्यार्थीहरूकाे लाईन लागेको छ । आफुले राम्रो लेखेको विषयमा कम नम्बर आएकाे भन्दै उनीहरू रिटोटलिङ गराइ माग्न निवेदन दिन अाएका हुन । त्यसमा पनि धेरै विद्यार्थीहरू रिटोटलिङ नतिजा एक महिना पछि मात्र आउने भने पछि रिसाएका छन ।
रिटोटलिङ एक महिनामात्रै हुने भनेपछि विद्यार्थीहरू झन अाक्राेशित बनेका छन । कपी चेक गर्ने बेला लापरबाही भएकाे उनीहरूकाे गुनासाे छ । ‘चेक गर्ने बेला लापरबाही गरियाे, अझै
रिटोटलिङ गर्न एक महिना लगाउने भयाे’ विद्यार्थीहरूकाे अाक्राेश थियाे ।
कतिपय विद्यार्थीहरूले सबै विषयमा ए प्लस आएर एक बिषयमा मात्रै डी,इ ग्रेड राखिएकाे बताए । जसका कारण अाफु राम्राे कलेजले भर्ना लिन नसक्ने भएकाे गुनासाे गरे । ‘या त रिटोटलिङको रिजल्ट छिटो भन्दा छिटो निकाली दिनु पर्यो या कलेजहरुको भर्ना लिने मिति पछि सारिदिनु पर्यो’ भन्दै उनीहरू कार्यालयमा माग गरिरहेका छन । रिटोटलिङको लागि पूर्वदेखि पश्चिमका विद्यार्थीहरु अहिले परिक्षा नियन्त्रण कार्यालय धाईरहेको छ ।
यता परीक्षा नियन्त्रक बिष्णु प्रसाख अधिकारीले रिटोटलिङ नियमानुसार नै गरिने बताए । सकेसम्म छिटो परिणाम निकाल्ने काेशिस गर्छाैँ उनले भने । अहिले परिक्षाको परिणाम चित्त नबुझे पहिला रिटोटलिङ गर्ने, अनि रिचेक गर्न पाउँ भनी निवेदन दिने र तेस्रो पटक कपी हेर्न पाउँ भनि निबेदन दिन पाउने व्यवस्था भएको उनले बताए । एक बिषय मात्र रिटोटलिङ गर्नु परेको बिद्यार्थीहरुलाई पहिलो प्राथमिकताम राखेर छिटो भन्दा छिटो नतिजा निकाल्ने बताए ।

