जेठ ३०, काठमाडौं । त्रिभुवन विश्वविद्याल सेवा आयोगका पदाधिकारीले ‘बदनियतपूर्वक’ कानुनविपरीतका क्रियाकलाप गरेर आफन्तलाई उत्तीर्ण गराएको भेटिएको छ। उच्च स्रोतका अनुसार प्रश्नपत्र निर्माणदेखि नजिता प्रकाशनसम्ममा उनीहरूले अस्वाभाविक चलखेल गरेका हुन्।
सेवा आयोगका पदाधिकारीहरूले प्रश्नपत्र प्रश्नपत्र निर्माणदेखि उत्तरपुस्तिका कोडिङ, परीक्षण र नतिजा प्रकाशनका क्रममा लोकसेवा आयोगका पदाधिकारीलाई संलग्न गराएनन्।
त्रिवि सेवा आयोगका सदस्य पदेन सदस्य रहने व्यवस्था छ। हाल ब्रह्मदेव राय प्रतिनिधिका रूपमा छन्। उनलाई नै ‘बाइपास’ गरी परीक्षा सञ्चालन गरिएको भेटिएको हो। उत्तरपुस्तिकामा पनि तीन पटकसम्म केरमेट गरिएका छन्।
‘पहिले ३२ नम्बर दिएको विद्यार्थीको उत्तरपुस्तिका रि–चेकिङका नाममा ४० नम्बर दीएको छ,’ स्रोतले भन्योे, ‘फेरि केरमेट गरेर ५५र६० नम्बर दीएको छ। १० वटाभन्दा बढी उत्तरपुस्तिकामा यस्तै समस्या छ।’

