न्यायको खोजीमा पूर्व सभासदकी श्रीमती

जेठ २७, काठमाडौँ । ताप्लेजुङका पूर्व सभासद तथा नेकपाका केन्द्रिय सदस्य पासाङ शेर्पाकी श्रीमती करिस्मा खरेल न्यायको खोजीमा भौतरिरहेकी छिन् ।

पासाङ शेर्पा र श्रीमती करिस्मा खरेल विवाहको तस्बीर

 

अर्की कान्छी श्रीमती ल्याई आफूलाई विचल्लीमा पारेर हिडेको भन्दै पूर्व सभासदविरुद्ध बहुविवाहको मुद्ध सहित विभिन्न निकायमा धाएकी शेर्पाकी श्रीमती करिस्मा खरेलले बताईन् । उनले आफु अन्याय परेपछि आफ्नो अधिकार सुरक्षाको लागि मिडियामा आउन बाध्य भएको बताएकी छिन् । वि.सं. २०६२ असार २९ मा पापुङ–५ ताप्लेजुङका शेर्पाले फलाटे–३ काभ्रेकी करिस्मालाई सामाजिक परम्परा अनुसार विवाह गरिएको प्रमाण छ । उनीहरुको विवाह दर्ता वि.सं. २०६७ असार ३ गते काठमाडौँ महानगरपालिकाको कार्यालयमा विवाह भएको दर्ता नं. ७७८ समेत रहेको छ ।  शेर्पा जनजाति महासंघका पूर्व महासचिव तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य समेत हुन् ।

पासाङ शेर्पा कान्छी श्रीमती पुजा परियारका साथ

 

आफुभन्दा १६ वार्षिय कान्छी उमेरकी खरेलसंग विवाह गरेका शेर्पाले फेरी उमेरको हिसावले धेरै कान्छी अर्की श्रीमतीको रुपमा पुजा परियारलाई विहे गरेपछि तनाव उत्पन्न भएको जेठी श्रीमती खरेलले बताईन् । पुजा परियारसंग शेर्पाको तेस्रो विवाह भएको उनकी श्रीमती खरेलको भनाई छ । मिति २०६३ मंसिर २८ गते विवाह भएको भनि ताप्लेजुङ जिल्ला मिक्वाखोला गाउँपालिका वडा नं. ५ को कार्यालयमा मिति २०७४ कात्र्तिक ६ गते विवाह दर्ता गरिएको पाईएको छ । हाल कान्छी श्रीमती पुजा परियारलाई आफ्नै घरमा राखेर आफुलाई बाहिर राखी अमानवीय व्यवहार गर्दै आएको भन्दै पीडित करिस्मा खरेलले बुढानिलकण्ठ नगरपालिका न्यायिक समितिको कार्यालय र काठमाडौँ जिल्ला अदालतमा समेत बहु विवाह र श्रीमान श्रीमती संगै रहन÷बस्न पाउँ भनि जाहेरी दिएकी छिन् ।

खरेलपट्टि एक छोरी र छोरा छन् भने परियारपट्टि पनि एक छोरा र एक छोरी भएको नाता प्रमाणित गराईसकेको छ । छोराछोरी र आफु स्वंयम श्रीमान पासाङ शेर्पासंग बस्न नदिई अलग राखिएको र केही महिनादेखि खर्च समेत नदिई मानसिक तनावमा राखेकोले कानुनी निकायसंग न्यायको लागि लड्दै आईरहेकी बताईन् । छोराछोरीलाई आफ्नो बुबाको अभावमा समाज र शैक्षिक संस्थामा समेत असर पुगेको भन्दै तत्काल सहमतीमा नआए आफु जस्तोसुकै अवरोधसंग सामाना गर्दै जाने बताईन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.