जेठ २७, काठमाडौँ । ताप्लेजुङका पूर्व सभासद तथा नेकपाका केन्द्रिय सदस्य पासाङ शेर्पाकी श्रीमती करिस्मा खरेल न्यायको खोजीमा भौतरिरहेकी छिन् ।

अर्की कान्छी श्रीमती ल्याई आफूलाई विचल्लीमा पारेर हिडेको भन्दै पूर्व सभासदविरुद्ध बहुविवाहको मुद्ध सहित विभिन्न निकायमा धाएकी शेर्पाकी श्रीमती करिस्मा खरेलले बताईन् । उनले आफु अन्याय परेपछि आफ्नो अधिकार सुरक्षाको लागि मिडियामा आउन बाध्य भएको बताएकी छिन् । वि.सं. २०६२ असार २९ मा पापुङ–५ ताप्लेजुङका शेर्पाले फलाटे–३ काभ्रेकी करिस्मालाई सामाजिक परम्परा अनुसार विवाह गरिएको प्रमाण छ । उनीहरुको विवाह दर्ता वि.सं. २०६७ असार ३ गते काठमाडौँ महानगरपालिकाको कार्यालयमा विवाह भएको दर्ता नं. ७७८ समेत रहेको छ । शेर्पा जनजाति महासंघका पूर्व महासचिव तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य समेत हुन् ।

आफुभन्दा १६ वार्षिय कान्छी उमेरकी खरेलसंग विवाह गरेका शेर्पाले फेरी उमेरको हिसावले धेरै कान्छी अर्की श्रीमतीको रुपमा पुजा परियारलाई विहे गरेपछि तनाव उत्पन्न भएको जेठी श्रीमती खरेलले बताईन् । पुजा परियारसंग शेर्पाको तेस्रो विवाह भएको उनकी श्रीमती खरेलको भनाई छ । मिति २०६३ मंसिर २८ गते विवाह भएको भनि ताप्लेजुङ जिल्ला मिक्वाखोला गाउँपालिका वडा नं. ५ को कार्यालयमा मिति २०७४ कात्र्तिक ६ गते विवाह दर्ता गरिएको पाईएको छ । हाल कान्छी श्रीमती पुजा परियारलाई आफ्नै घरमा राखेर आफुलाई बाहिर राखी अमानवीय व्यवहार गर्दै आएको भन्दै पीडित करिस्मा खरेलले बुढानिलकण्ठ नगरपालिका न्यायिक समितिको कार्यालय र काठमाडौँ जिल्ला अदालतमा समेत बहु विवाह र श्रीमान श्रीमती संगै रहन÷बस्न पाउँ भनि जाहेरी दिएकी छिन् ।
खरेलपट्टि एक छोरी र छोरा छन् भने परियारपट्टि पनि एक छोरा र एक छोरी भएको नाता प्रमाणित गराईसकेको छ । छोराछोरी र आफु स्वंयम श्रीमान पासाङ शेर्पासंग बस्न नदिई अलग राखिएको र केही महिनादेखि खर्च समेत नदिई मानसिक तनावमा राखेकोले कानुनी निकायसंग न्यायको लागि लड्दै आईरहेकी बताईन् । छोराछोरीलाई आफ्नो बुबाको अभावमा समाज र शैक्षिक संस्थामा समेत असर पुगेको भन्दै तत्काल सहमतीमा नआए आफु जस्तोसुकै अवरोधसंग सामाना गर्दै जाने बताईन् ।

