जेठ २१, काठमाडौँ । जेष्ठ २९ गते भुइचालो जान्छ भन्दै समाजमा अफ्वाह फैलाइरहेका ज्योतिष अर्जुन क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई आज दिउँसो गौशालाबाट महानगरिय प्रहरी परिसर काठमाडौँले नियन्त्रणमा लिएको हो । विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै जेष्ठ २९ गते देखि असोज भित्र ७ रेक्टर भन्दा माथिको भुइचालो जान्छ भन्दै सर्वसाधरणमा त्रास उत्पन्न गराइरहेका छन् ।
विपदसम्बन्धी अफवाह फैलाएको आरोपमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डियसपी होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

