भ्रम फैलाउदै त्रासित बनाएको आरोपमा ज्योतिष अर्जुन क्षेत्री पक्राउ

जेठ २१, काठमाडौँ ।  जेष्ठ २९ गते भुइचालो जान्छ भन्दै समाजमा अफ्वाह फैलाइरहेका ज्योतिष अर्जुन क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई आज दिउँसो गौशालाबाट महानगरिय प्रहरी परिसर काठमाडौँले नियन्त्रणमा लिएको हो ।  विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै जेष्ठ २९ गते देखि असोज भित्र ७ रेक्टर भन्दा माथिको भुइचालो जान्छ भन्दै सर्वसाधरणमा त्रास उत्पन्न गराइरहेका छन् ।

विपदसम्बन्धी अफवाह फैलाएको आरोपमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डियसपी होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.