यमन माझी स्टारर् ‘मोङो डोङा–२’को ‘मोङो आँखी वरपर’ रिलिज (भिडियो)

जेठ १७, काठमाडौं । यही जेठ २५ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको माझी भाषी फिल्म ‘मोङो डोङा–२’को नयाँ गीत रिलिज भएको छ । फिल्ममा समावेश ‘मोङो आँखी वरपर’ गीतको भिडियोमा सामाजिक सञ्जाल युट्युब मार्फत रिलिज गरिएको हो ।

गीतलाई गायक तथा अभिनेता यमन माझीले स्वरबद्ध गरेका छन । सरला माझीको शब्द तथा गायक यमन माझीको संगीतका गीतलाई विनय केटुले एरेञ्ज गरेका हुन । गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता यमन माझी फिचर्ड छन । भिडियोलाई रुदेन माझीले छायाँङकन गरेका हुन्, भने अर्जुन खड्काले सम्पादन गरेका हुन ।

अभिनेता माझीका अनुसार ‘मोङो डोङा–२’ ७५ प्रतिशत भन्दा बढी माझी भाषाको प्रयोग गरिएको छ । साथै फिल्मले लोप हुँदै गएको माझी भाषालाई पर्दामा प्रस्तुत गर्नेछ । कुश्कु माझीको कथामा बनेको ‘मोङो डोङा–२’लाई सुञ्जित माझीले निर्देशन गरेका हुन ।

फिल्ममा अभिनेता यमन माझी, रुपा कुमारी माझी, प्रकाश माझी, श्रीकृष्ण माझी, पञ्च माझी, फुलविक्रम माझी, रुपेश माझी, लोकबहादुर माझी, सीमसागर रोशन सुब्बा माझी लगायतको मूख्य भूमिका रहेको छ ।

गायक तथा संगीतकार यमन माझीले ‘एक्स्ट्रा माया’बाट आफ्नो फिल्मी करियर पनि सुरु गरेका हुन । पर्यटन व्यावसायीसमेत रहेका माझीले दुई दर्जनको हाराहारीमा गीतहरु बजारमा ल्याइसकेका छन्, भने कयौं गीतमा संगीत दिएका छन । केही म्युजिक भिडियोमा आफैले मोडलिङ समेत गरिसकेका छन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.