कोटेश्वरबाट विप्लव समूहका सातजना कार्यकर्ता पक्राउ

जेठ १२, काठमाडौं । काठमाडौंको कोटेश्वर नरेफाँटबाट नेत्रविक्रम चन्द विप्लव समूहका सातजना कार्यकर्ता पक्राउ परेका छन् ।

प्रहरीका अनुसार विप्लव समूहका सातजना कार्यकर्ता पक्राउ परेका हुन् । पक्राउ परेका सातैजनालाई बानेश्वर प्रहरी वृत्तमा राखिएको प्रहरीले जनाएको छ ।  उनीहरुको साथबाट चारवटा कुकर, पर्चा पम्प्लेट, भाटासहित पक्राउ गरिएको बानेश्वर प्रहरीका डीएसपी गोविन्द काफ्लेले जानकारी दिए ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी सुरज श्रेष्ठका अनुसार पक्राउ पर्नेहरुमा डम्बरबहादुर तामाङ, चित्रकमल वली, राकेश श्रेष्ठ, तेजबहादुर मोक्तान, तेजराज काफ्लेलगायत छन् ।  डीआईजी श्रेष्ठले उनीहरुले सोमबार घोषणा गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा विप्लव समूहले मसाल जुलुस निकाल्ने तयारी गरेको थियो । विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.