शैक्षिक ब्यापारीको कार्यक्रममा जिम्मेवार व्यक्ति जानु अशोभनीयः विद्यार्थी नेता तामाङ

जेठ १०, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूका सहसंयोजक रन्जित तामाङले शैक्षिक ब्यापारीले आयोजना गरेको कार्यक्रममा सरकारका जिम्मेवार ब्यक्ति जानु शोभनीय नभएको बताएका छन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया दिँदै निजी क्षेत्रलाई वैधानिकता नभई नियमन र नियन्त्रण गर्नुपर्ने धारणा राखे। फेसबुकमा उनले लेखेका छन्, “निजी क्षेलाई बैधानिक होईन सरकारले नियमन र नियन्त्रण गर्नु पर्छ। संविधान प्रदत्त शैक्षिक अधिकारको कार्यन्वयन गर्दै सार्वजनिक शिक्षाको स्तर उन्नति र गुणस्तर, अभिवृद्धिका निम्ति शिक्षामा प्रयाप्त बजेट विनियोजन गरिनुपर्छ। शैक्षिक ब्यापरीहरुको कुनै पनि कार्यक्रमहरुमा सरकारका जिम्मेवार ब्यक्तिहरु सहभागी हुने कुरा विलकुल शोभनीय विषयहोईन।”

बिहिबार प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रले आयोजना गरेको कार्यक्रममा सहभागी भएर शिक्षामा निजी क्षेत्रको लगानीलाई सरकारले प्रोत्साहन गर्ने बताएका थिए। प्रधानमन्त्री ओलीले निजी क्षेत्रलाई ‘गुणस्तरीय शिक्षाका लागि ढुक्क भएर लगानी गर्न आग्रह गरेका थिए। नेतृत्व बाँडफाडमा असन्तुष्ट देखिएका तामाङले प्रधानमन्त्रीलाई इङ्गित गर्दै यस्तो प्रतिक्रिया दिएका हुन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.