बैशाख ३१, काठमाडौं । गायक दिपक लिम्बुको आवाजमा समावेश निकै मार्मिक गीत ‘आँशु भर्यो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
युगल जोडीको प्रेमको भावलाई निकै आकर्षक रुपमा गीतमा समेटेको छ । विछोडको पिडालाई भुल्न नसकेको कुरालाई गीतमा निकै मार्मिक रुपमा समेटिएको छ । आफनो माया नै ससारको निकै प्रेरणदायी सम्बन्ध भएको कुरा गीतमा गरिएको छ ।
दामोेदर गौत्तम शब्दमा रहेको गीतमा रियाज सिवाकोटी को संगीत छ । गीतको भिडियोलाई प्रियसी म्युजिक प्रालीले बजारमा ल्याएको छ । बासु बरालको छायाँकन , राजेश कुमारको सम्पादन तथा बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘आँशु भर्यो’ को भिडियोमा सुशिला थापा र अर्जुन थापाको अभिनय रहेको छ ।

