शिव परियारको ‘ह्याप्पी ह्याप्पी’ मा सरोज र आश्माको ठुम्का (भिडियो)

बैशाख ३, काठमाण्डौं। गीतकार सुरेश वाग्लेको नयाँ गीत सार्वजनिक भएको छ । नयाँ बर्ष २०७६को अवसरमा दर्शक तथा स्रोताहरुमाझ वाग्लेको ‘ह्याप्पी ह्याप्पी’ बोलका नयाँ गीतको भिडियो सार्वजनिक भएको हो । गीतमा हरि लम्सालको सङ्गीतमा गीतलाई गायक शिव परियारले स्वरबद्ध गरेका छन ।

गीतको भिडियोमा नृत्य समूह ‘कार्टुन क्रु’ का सरोज अधिकारी र आस्मा विकसहित टिमको अभिनय रहेको छ, भने गायक परियारको समेत अभिनय देख्न सकिन्छ । सार्वजनिक आधुनिक रोमान्टिक गीतको भिडियोलाई राम केसीले छायांकन गरेका हुन ।

भिडियोलाई टेकेन्द्र शाहको निर्देशन गरेका हुन्, भने सम्पादन, कलरिङ तथा, भिएफएक्स पनि टेकेन्द्र शाहकै रहेको छ । गायक परियारले आफूले मेहनतका साथ गीतमा न्याय गरेको भन्दै गीतको सफलता प्रति आशा व्यक्त गरेका छन । गायक परियारको गीतमा पहिलो पटक काम गर्न पाएकोमा सरोज र आस्माले खुसी व्यक्त गरे ।

https://youtu.be/wEdqCMPu5PM

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.