सलिल र सरिसा मिस एण्ड मिष्टर रोट्रयाक्ट

फागुन २६, काठमाडौं । काठमाडौँमा भएको मिस एण्ड मिस्टर रोट्रयाक्टको उपाधि शलिलराज शाक्य र सरीसा श्रेष्ठले जित्नुभएको छ ।

शनिबार राति नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको अन्तिम प्रतिस्पर्धामा ३५ प्रतियोगीलाई पछि पार्दै उहाँहरुले उपाधि जित्नुभएको हो । दुवैले ‘पर्सनालिटी अवार्ड’समेत प्राप्त गर्नुभएको थियो । मिस रोट्रयाक्ट श्रेष्ठलाई यसअघिकी विजेता सृष्टि शाक्यले ताज पहि¥याउनुभएको थियो भने मिस्टर रोट्रयाक्ट शाक्यलाई यसअघिका विजेता सुरेश तिमिल्सिनाले भादगाउँले टोली लगाइदिनुभएको थियो । विजयीसँगै उहाँहरुले रु २५ हजार नगद र टर्किस एयरलायन्सको दुईतर्फी टिकट प्राप्त गर्नुभएको छ ।

्प्रतियोगितामा पुरुषतर्फ आयुष सुवाल ‘फष्ट रनरअप’ र अभय श्रेष्ठ ‘सेकेन्ड रनरअप’ हुनुभयो । महिलातर्फ उर्जा नेवाः र माया थापा क्रमशः फष्ट र सेकेन्ड रनरअप हुनुभयो । सहभागीलाई प्रमुख निर्णायक चिन्तामणि भट्टराईले “यदि यो देशको प्रमुख कार्यकारी हुनुभयो भने देशलाई परिवर्तन गर्न तपाईंले प्रमुख तीन कुरा के गर्नुहुन्छ” भनेर सोधेको प्रश्नमा निर्णायकको मन जित्दै उहाँहरु विजेता बन्नुभएको हो । यसपटक आयोजित दोस्रो प्रतियोगितामा आयुष सुवाल र लुमन्ती मानन्धरले ‘पपुलर अवार्ड’, आशिष खड्का र माया थापाले इन्टेलिजेन्स, निशान महर्जन र उर्जा नेवाःले ‘क्रियटिभ अवार्ड’, सलिलराज शाक्य र सरिसा श्रेष्ठले ‘पर्सनालिटी अवार्ड’ र आशुतोष बडाल र आरजु गैरेले ‘कन्जिनियालिटी अवार्ड’ प्राप्त गर्नुभयो ।

मुलुकका पाँच मुख्य शहर पोखरा, भैरहवा, चितवन, इटहरी र काठमाडौँ अडिसनबाट छनोट भएका २०० सहभागीबाट उहाँहरु प्रतिस्पर्धामा आउनुभएको थियो । देशभरि छरिएर बसेका रोटयाक्ट र रोेटरियनलाई समावेश गरिएको प्रतियोगिताका विजेता रोटरी नेपालको साक्षरता अभियानका सद्भावना दूत भई काम गर्ने कार्यक्रम संयोजक पेशल भट्टराईले जानकारी दिनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.