प्रारम्भ खबर ।
फागुन २२, काठमाडौं । बालबाटिक सेकेण्डरी स्कूलको दोस्रो अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रममा गोकर्णेश्वर नगरका प्रमुख सन्तोष चालिसेले अभिभावक दिवस विद्यार्थी र शैक्षिक संस्थाको मूल्यांकन गर्ने समय रहेको बताएका छन् ।

प्रमुख अतिथि समेत रहेका मेयर चालिसेले कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयलले छोटो समयमै मजबुत तरिकाले अगाडी बढाउन सफल भएकोमा खुशी व्यक्त गरे । उनले बालबच्चाको गतिविधिमा पनि अभिभावकले ख्याल गर्नुपर्ने बताउँदै नकारात्मक क्रियकलापमा लाग्नबाट सचेत हुन पनि अभिभावकहरुलाई आग्रह गरे । बालबालिका दूव्र्यसनीमा लागेको संख्या बढिरहेको बेला त्यस्तो क्रियाकलापमा लाग्नु अगाडी नै विद्यार्थीहरुलाई ध्यान राख्नुपर्ने बताए । मेयर चालिसेले नगरपालिकाले नयाँ पाठ्यक्रम ल्याएको र नेपाली पहिचान भाषा धर्म, संस्कृति, परम्परालाई संरक्षण गर्ने खालको शिक्षा नयाँ शैक्षिक सत्रबाट लागु गर्ने गरी ल्याएको बताए । नगरभित्रका शैक्षिक संस्थाहरुको शैक्षिक गुणस्तरलाई बढाउन आवश्यक पर्ने सहयोग नगरबाट प्रदान गर्न पनि प्रतिबद्धतता गरे ।

त्यस्तै विशेष अतिथिको रुपमा रहेकी गोर्णेश्वर नगरपालिकाकी उपमेयर शान्ति नेपालले शुभकामना व्यक्ति गर्दै बालबालिकालाई विद्यालय पठाएर मात्र नहुने र अभिभावकको निगरानी पनि निरन्तर हुनुपर्ने बताईन् । उपमेयर नेपालले आफ्नो भाषा, धर्म, कला, संस्कृति र परम्परालाई विशेष जोड दिनुपर्ने भनाई राखिन् । नगरको संयोजनमा स्थानीय शैक्षिक पाठ्यक्रम निर्माण भईसकेको र त्यसको कार्यन्वयनको लागि सबै नगरभित्रका शैक्षिक संस्थाहरुले महत्वपूर्ण भूमिका निभाउन आग्रह गरिन् । त्यस्तै गोकर्णेश्वर वडा ६ का सदस्य लिला खतिवडाले पनि विद्यालयमा अध्ययरनरत विद्यार्थीहरुको उत्कृष्ठ प्रतिभाले सामाजिक रुपान्तरणमा समेत परिवर्तन ल्याउन सहयोग पुग्ने बताए । बालबाटिका स्कूलले विद्यार्थीहरुको शैक्षिक गुणस्तरमा परिवर्तन ल्याउने खालको शिक्षा प्रदान गरिएको भन्दै भविश्यमा त्यसको निरन्तरता कायम राख्न शुभकामना व्यक्त गरे ।

बालबाटिका सेकेण्डरी स्कूलका प्रिन्सिपल थानेश्वर भुसालले विद्यालयको वार्षिक गतिविधि तथा भावी योजना प्रस्तुत गर्दै स्थापनाकालदेखि हालसम्म अभिभावक र समुदायको साथ सहयोगले यहाँसम्म आईपुगे भनाई व्यक्त गरे । उनले अभिभावकबाट निरन्तर सल्लाह, सुझाव र सहयोग गरिदिन अनुरोध गर्दै विद्यालयको शैक्षिक गुणस्तरका कार्यक्रमलाई थप अगाडी बढाउँदै लैजाने प्रतिवद्धतता व्यक्त गरे । सरकारको शिक्षा पद्दतिलाई अंगाल्दै अगाडी बढिरहेको र २०७६ को शैक्षिक सत्रदेखि मण्टेश्वरी तालिम प्राप्त शिक्षकहरु राखेर नयाँ कक्षाहरु सञ्चालन गरिने बताए । प्रिन्सिपल भुसालले अगामी शैक्षिक सत्रबाटै कक्षा ११ को पढाई सुरु गरिने उल्लेख गरे ।

कार्यक्रमका विच एक वर्षभित्रमा उक्त विद्यालयबाट विभिन्न प्रतियोगीतामा भाग लिई विजयी हुन सफल भएका विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै गत १७ गते नगर स्तरिय नृत्य प्रतियोगीतामा २० विद्यालयलाई उछिन्दै प्रथम भएका विद्यार्थीहरुलाई शिल्ड तथा नगदबाट सम्मान गरिएको थियो । त्यस्तै राष्ट्रिय खेलकुद परिषदको आयोजनामा १० औं राष्ट्रपति रनिङ शिल २०७५ को प्रतियोगीता कराते च्यम्पियनशीप बिजेता उक्त विद्यालयमा अध्ययनरत छात्रा मनिका योञ्जनलाई पुरस्कार तथा रु. १ हजार नगद प्रदान गरियो । कार्यक्रममा पत्रकार, साहित्यकार, कलाकार, अभिभावकहरुको सहभागी थिए ।


