नेप्सेमा सुस्ताता कायमै

फागुन १४, काठमाडाैँ । सोमबार सामान्य सुधार देखिएको नेप्सेमा मंगलबार भने ७।१७ अंकले गिरावट भएको छ । नेप्से सूचक मंगलबार ७।१७ अंकले घटेर ११०२।५६ विन्दुमा आइपुगेको हो ।

पुँजी बजारमा सुस्तता क्रमले मंगलबार पनि निरन्तरता पाएको छ । समग्र बजारमा ०।६५ प्रतिशतले घटेको हो । १६५ कम्पनीको १६ करोड ५६ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । ६ लाख ५३ हजार २८ कित्ता सेयर खरिदबिक्री भएका छन । कारोबार रकममा अपर तामाकोशी हाइड्रोपावरले अग्रता लिएको छ । अपरको ७५ लाख ९७ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको हो ।

कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः नबिल बैंक र कृषि विकास बैंक परेका छन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.