भारतीय गायक सोनु निगम नर्भिकमा भर्ना

फागुन ७, काठमाडौं । भारतीय चर्चित गायक सोनु निगम अस्पताल भर्ना भएका छन् । ढाडको मांसपेशीमा समस्या आएपछि उनी आज (मंगलबार) दिउँसो थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् ।

गायक निगमलाई अस्पतालका डा प्रवीण नेपाल र डा पंकज जलान नेतृत्वको टोलीले उपचार गरिरहेको अस्पतालका सूचना अधिकारी आरपी मैनालीले बताए । उनले भन्ने, “उहाँको ढाडमा समस्या आएपछि अस्पतालको भीआईपी वार्डमा भर्ना गरिएको छ ।” पोखरामा रहेको समयमा ढाडको मांशपेसीमा समस्या देखिएपछि उपचारका लागि उनलाई नर्भिक अस्पताल ल्याइएको बताइएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.