मिस तामाङ प्रतियोगी सविनाको लक्ष्यः समाजसेवी र सक्षम महिला उद्यामी बन्ने

प्रारम्भ खबर ।
फागुन ३, काठमाडौं । नेपाल कला तामाङ संस्कृति केन्द्र र एभ्रेष्ट फेसनहोमले आयोजना गरेको मिस तामाङ २०१९ का प्रतियोगी सविना दोङ तामाङले आफू प्रतियोगीतामा जानुको रहस्य खुलाएकी छिन् ।

प्रतियोगी सविना दोङले भविश्यमा आफु सक्षम महिला उद्यामी र समाजसेवी बन्ने लक्ष्य रहेको बताएकी छिन् । उनि भन्छिन्– ‘तामाङ समुदायको मूल्य, मान्यता र संस्कृृतिको संरक्षण र प्रर्वद्धनसंगै सामाजिक तथा आर्थिक विकासमा पनि टेवा पु¥याउन मिस तामाङ प्रतियोगीताले सकारात्मक भूमिका निभएको छ ।’ काभ्रेपाल्चोक जिल्लाको रोशी गाउँपालिका वडा नं. १ खहरेपागुँमा जन्मिएकी सविनाले स्नातक तहसंगै स्नातकत्तोर तहमा अध्ययन गर्दै शैक्षिक योग्यतालाई पनि अगाडी बढाउँदै आएकी बताईन् ।

उनले नयाँ–नयाँ कुराको अध्ययन र साथीहरुको सम्बन्धलाई स्थापित गर्दै सामाजिक रुपान्तरणमा काम गर्ने इच्छा रहेको बताईन् । साथै असहाय तथा घरविहिनहरुलाई सेवा गर्ने अभिलाशा रहेको समेत व्यक्त गरिन् । विशेष गरी तामाङ समुदायमा शिक्षाको माध्यमबाट परिवर्तन र विकासका पक्षमा युवाहरुलाई अग्रसर हुन आग्रह गर्दै तामाङको इतिहासलाई जर्गेना गरी राष्ट्रियताको पहिचानमा समेत लाग्नुपर्ने बताईन् ।

मिस तामाङ प्रतियोगीताले अन्तरनिहित क्षमता, प्रतिभा, समुदायको बारेमा ज्ञान तथा जानकारी पाउने महत्वपूर्ण आधार बनाईदिएको उल्लेख गर्दै प्रतियोगीता नं. ६ रहेकी सविना तामाङले सम्पूर्ण देश तथा विदेशमा रहेका नेपालीहरुलाई आफ्नो पक्षमा मत माग्दै जिताउन समेत आग्रह गरेकी छिन् । मिस तामाङ २०१९ को प्रतियोगी सविना तामाङ दोङलाई हाम्रो पनि हार्दिक शुभ कामना ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.