लघुवित्तले परिवत्र्य मुद्रामा ऋण लिन पाउने

माघ १७, काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका लघु वित्त संस्थाले विदेशी बैंक तथा वित्तीय संस्था वा अन्य संस्थाबाट परिवत्र्य विदेशी मुद्रामा ऋण लिन पाउने व्यवस्था गरेको छ ।

बैंकले आज लघु वित्त वित्तीय संस्थाले परिवत्र्य मुद्रामा ऋण लिन पाउने व्यवस्थासम्बन्धी व्यवस्थाका सम्बन्धमा आज एक सूचना प्रकाशित गरी विदेशी मुद्रा आर्जन गर्ने पर्यटन, कृषि क्षेत्र, लघु उद्यम तथा व्यवसाय, लघु जलविद्युत् तथा नवीकरणीय ऊर्जा, रोजगारी तथा स्वरोजगारी सिर्जनामार्फत आयआर्जन, गरिबी निवारणका लागि विदेशी बैंक तथा वित्तीय संस्थाबाट परिवत्र्य मुद्रामा ऋण लिन पाउने व्यवस्था गरेको हो । राष्ट्र बैंकले तोकेका पूँजीकोष कायम गरेका संस्थाले त्यस्तो ऋण पाउने व्यवस्था गरिएको छ । त्यस्तो ऋण लिँदा उक्त ऋण रकम बराबरको रकमसमेत जोड्दा प्राथमिक पूँजीको बढीमा ३० गुणासम्म मात्र वित्तीय स्रोत परिचालन हुनसक्ने व्यवस्था गरिएको छ । ऋण लिन सञ्चालक समितिबाट निर्णय भएको हुनुपर्ने, यस्तो ऋणको भुक्तानी अवधि न्यूनतम एक वर्षदेखि बढीमा पाँच वर्षको हुनुपर्ने, तर बैंकले स्वीकृत गरेको खण्डमा नवीकरण पनि हुने व्यवस्था गरिएको छ । ऋणको व्याजदरलगायतका अन्य शुल्कसमेत तोकिएबमोजिम हुने व्यवस्था गरिएको छ ।

विदेशबाट ऋण ल्याउँदा कुनै पनि धितो, जमानत वा बैंक ग्यारेन्टी हुन नहुने र अनिवार्य रुपमा बैंकका लेखाङ्कन गराउनुपर्ने व्यवस्था गरिएको छ । ऋणको व्याज भुक्तानी गर्दा प्रचलित नियमानुसार लाग्ने कर कट्टी गरेर भुक्तानी गर्नुपर्नेछ । बैंकले ऋण रकम भित्र्याउँदा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी प्रचलित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनको परिपालना गरेको हुनुपर्ने व्यवस्था गरिएको कार्यकारी निर्देशक भीष्मराज ढुङ्गानाले जानकारी दिनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.