उपत्यकामा मेट्रो रेल निर्माणको प्रक्रिया अगाडि बढ्यो

माघ १३, काठमाडौं । सरकारले काठमाडौँ उपत्यकामा मेट्रो रेल निर्माणको प्रक्रिया अगाडि बढाएको छ । सातदोबाटो–रत्नपार्क–महाराजगञ्ज (नारायणगोपाल चोक) जोड्ने प्रस्तावित उक्त मेट्रो रेल निर्माणखण्डको विस्तृत् परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि विश्वव्यापी बोलपत्र आह्वान गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको रेल विभागका प्रवक्ता अमन चित्रकारले प्रस्तावित मेट्रो रेल निर्माणका लागि रेल विभागले विश्वव्यापी ९ग्लोबल० बोलपत्र आह्वान गरेको जानकारी दिनुभयो । बोलपत्र भर्ने अन्तिम मिति फागुन १२ गते (२४ फेब्रुअरी) सम्म छ । प्रवक्ता चित्राकारले भन्नुभयो, “बोलपत्र भरेकामध्ये उत्कृष्ट कम्पनीको छनौट सूचीमा परेका कम्पनीलाई प्रस्तावका लागि आह्वान गरिन्छ ।”
उहाँले अगाडि भन्नुभयो, “कम्पनीको आर्थिक तथा प्राविधिक मूल्याङ्नको आधारमा उत्कृष्ट कम्पनी छनोट गरी डीपीआर तयार गर्ने जिम्मेवारी दिइनेछ ।” डीपीआर तयार गर्ने कम्पनीले वातावरण मूल्याङ्कन प्रतिवेदन, सर्वेक्षण, ढाँचा ९डिजाइन० समेत तयार गर्ने जानकारी प्रवक्ता चित्राकारले दिनुभयो ।
कुल १२ किलोमिटर लम्बाइ हुने उक्त रेलमार्गको सम्भाव्यता अध्ययन यसअघि नै तयार भइसकेको छ । सन् २०११ मा नै कोरियन कम्पनीले यसको सम्भाव्यता अध्ययन गरेको थियो ।

सम्भाव्यता अध्ययन प्रतिवेदनले सातदोबाटो–रत्नपार्क–नारायणगोपालचोक १२ किमी, कीर्तिपुर–कालिमाटीे–नयाँबानेश्वर–एयरपोर्ट ११ किमी, कोटेश्वर–चाबहिल–स्वयम्भू २९ किमी, स्वयम्भू–डिल्लीबजार–बौद्ध १२ किमी र धोबिघाट–सिंहदरबार–नक्साल–गोङ्गबु १४ किमी मेट्रो रेल बनाउन सिफारिश गरेको थियो । सातदोबाटो–रत्नपार्क–नारायणगोपालचोकका लागि ७८ अर्ब ३६ करोड, कीर्तिपुर–कालिमाटीे–नयाँबानेश्वर–एयरपोर्टका लागि ६८ अर्ब ६ करोड र कोटेश्वर–चावहिल–स्वयम्भूका लागि एक खर्ब ५१ अर्ब रुपियाँ रुपियाँ लाग्ने अनुमान गरिएको छ । त्यसैगरी, स्वयम्भू–डिल्लीबजार–बौद्धका लागि एक खर्ब १८ अर्ब, धोबिघाट–सिंहदरबार–नक्साल–गोङ्गबुका लागि एक खर्ब ३९ अर्ब ५० करोड रुपियाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।
उपत्यकामा पाँचवटा विद्युतीय मेट्रो रेल निर्माणलाई कुल पाँच खर्ब ४७ अर्ब १७ करोड रुपियाँ लाग्ने अध्ययन प्रतिवेदनले देखाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.