प्रारम्भ खबर ।
माघ ७, काडमाडौं । २०५३ सालमा पहिलो एल्बमको रुपमा “को-म्हेन्दो” मार्फत आफुलाई सांगीतिक क्षेत्रमा चिनाएको गायक कुन्साङ वाईबाले पछिलो समय संगीत लाई निरन्तर्ता दिदै “होइ ल्हास्सो” एल्बम लिएर फेरि दर्शक श्रोता माझ आएका छन ।

संगीत यस्तो चिज हो जस्ले हरेक समय र परिस्थितिलाई बिउझौन सक्दछ । संगीत हरेक मानिसको दैनिक जिवन संग जोडिएको हुन्छ । सांगीतले हरेक दिन नयाँ नयाँ श्रष्टाहरु जिन्माउदछ हो आज भन्दा करिब २ दशक अगाडि सांगीतले जन्माएको एक श्रष्टा गायक कुन्साङ वाईबा पनि हो । संगीतलाई जिवन्त मायाँ गरिरहने र संगीतले जन्माएको गायक कुन्साङ वाईबाले २०५७ सालमा “छे-ह्रेङ्गाई” र “ए ठुली म्योना लाजी एला माया से” बोलको गित बाट दोस्रो चोटि आफ्नो आवज दर्शक श्रोता माझ दिएका थिए । त्यसपछि गायक वाईबाले २०५९,२०६१,२०६२ र २०७० सालमा “लानि – दिनि”, “लानी ह्राङ्नुन शितल शितल”, “डम्फु ह्रप्सी स्याईले ए ङा”,”सेम्जो”, “ए सेम्जो एला ह्लुई नुन ज्याबा”, “ए लै लै च्याको मुरि”, “राप्ती बगररी” , “तामाङ-ग्ले”, “छ्युर्पिको दाना शेर्पिनी नाना” र “ठे षिद्र ट्रेए” जस्ता दर्जनौँ सांगीतिक प्रस्तुतिहरु दर्शक श्रोता माझ दिएका छन । सांगीतिक यात्रामा अनवरत रुपमा लागिरहेका गायक वाईबाले करब आधा दशक पछि “होइ ल्हास्सो” सांगीतिक प्रस्तुति फेरि दर्शक श्रोता माझ उदाएका छन ।विशाल काल्तानको शब्द संगित रहेको उक्त गितमा गायक कुन्साङ वाईबाले सुमधुर आवज दिएका छन भने एरेन्ज फणीन्द्र राईको रहेको छ ।

पोर्चुगलका विभिन्न सुन्दर ठाउँहरुमा छायांकन गरिएको उक्त गितको म्युजिक भिडियोको निर्देशन, सम्पादन, छायांकन सुमन वाईबा तामाङले गरेको हो भने मनु पाख्रीन, प्रकाश तामाङ लोप्चन, उर्गेन वाईबा, अजय लामा र विनोद मगरको अभिनय देख्न सकिन्छ ।


