कर्जाको विवरण केन्द्रमा दिन राष्ट्र बैंकको निर्देशन

माघ २, काठमाडौं । नेपााल राष्ट्र बैंकले कर्जा सुरक्षामाा जोड दिँदै विशेष नीति कार्यान्वयनमा ल्याउन बैैंक तथा फाइनान्स कम्पनीहरुलाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी समेतको नाउँमा परिपत्र जारी गर्दै आफ्नो संस्थाले स्वीकृत गरेको सम्पूर्ण कर्जा र ९० दिनभन्दा बढीले भाखा नाघेको कर्जाको सम्पूर्ण विवरण कर्जा सूचना केन्द्रमा पठाउन निर्देशन दिएको छ । निर्देशनअनुसार बैंक तथा फाइनान्स कम्पनीहरुले महिना भुक्तान भएको १५ दिनभित्र सबै विवरणहरु केन्द्र्रमा पठाउनुपर्नेछ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी यस्तो निर्देशन दिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

उक्त व्यवस्थाअनुसार प्रत्येक आर्थिक वर्षको त्रैमासिक समाप्त भएको मितिले १५ दिनभित्र कर्जा चुक्ता नभएसम्म केन्द्रमा पठाउनुुपर्नेछ । यसरी केन्द्रमा पठाएको विवरणपछि कुनै परिवर्तन भएमा वा कर्जा चुक्ता भएमा, भाखा नाघेको कर्जा नियमित भएमा वा भाखा नाघेको मिति थप वा पुुनर्तालिकीकरण भएमा सोको जानकारी समेत १५ दिनभित्र अनिवार्यरुपमा केन्द्रमा पठाउनुपर्नेछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.