पुस ३०, काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको ‘विन्टर अफर’ ल्याएको छ ।
अफरअन्तर्गतको सेवा आइतबारबाट चैत २८ गतेसम्म लिन सकिने छ । यसअघि उपलब्ध अटम अफरअन्तर्गतका सेवाहरुमा केही थप सुविधा उपलब्ध गराएर विन्टर अफर ल्याइएको नेपाल टेलिकमले जनाएको छ । जीएसएम÷सीडीएमए प्रिपेडरपोष्टपेड मोबाइलमा ह्याप्पी विकेन्ड प्याक प्रयोग गर्न सकिन्छ । ह्याप्पी विकेन्ड प्याकअन्तर्गत शुक्रबार, शनिबार र आइतबार प्रत्येक दिन १ जीबी डाटा प्रयोग गर्न सकिने छ । सो प्याक एक सय रुपैयाँमा प्राप्त हुनेछ र सात दिनसम्म यसको समयावधि हुनेछ ।
जीएसएम प्रिपेड÷पोष्टपेड तथा सीडीएमए प्रिपेडरपोष्टपेड मोबाइलमा अल टाइम डाटा प्याकेज प्रयोग गर्न सकिन्छ । यसअन्तर्गत कम्पनीले उपलब्ध गराएका विभिन्न प्याकेजमा ५० प्रतिशत थप बोनस डाटा उपलब्ध गराइने भएको छ । अल टाइम डाटा प्याकअन्तर्गत १० रुपैयाँ देखि ५ सय रुपैयाँसम्मका प्याक उपलब्ध छन् । यस अन्तर्गत बोनससहित २३ एमबी देखि ४ हजार ५ सय एमबी सम्मका प्याकेज खरिद गर्न सकिने छ । यी प्याकेज प्रयोग गर्न सकिने समयावधि पनि १ दिन देखि २८ दिनसम्म रहने टेलिकमले जनाएको छ । यस्तै जीएसएम प्रिपेड÷पोष्टपेड तथा सीडीएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा नाइट टाइम भोलुम बेस्ड डाटा प्याक प्रयोग गर्न सकिन्छ । यसमा पनि थप ५० प्रतिशत बोनस डाटा उपलब्ध हुनेछ । थप बोनस समेत गरी नाइट टाइम भोलुम वेस्ड डाटा प्याक अन्तर्गत ५ रुपैयाँमा ६८ एमबी डाटा एक रात प्रयोग गर्न सकिने छ । त्यसैगरी ७ दिनसम्मको अवधिमा ४५ रुपैयाँमा ६३८ एमबी डाटा र २८ दिनसम्मको अवधिको ७६८० एमबी डाटा तीन सय रुपैयाँमा प्रयोग गर्न सकिने छ । यो प्याक राती १० बजेदेखि बिहान ६ बजेसम्म मात्र प्रयोग गर्न सकिने छ ।
जीएसएमरसीडीएमए प्रिपेडरपोष्टपेड मोबाइलमा अनलिमिटेड नाइट टाइम डाटा प्याक प्रयोग गर्न सकिन्छ । अनलिमिटेड जीएसएमरसीडीएमए नाइट डाटा प्याक अन्तर्गत १५ रुपैयाँमा अनलिमिटेड डाटा राती १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइने टेलिकमले जानकारी दिएको छ । यसको अवधि डाटा खरिद गरेको एक दिनसम्म हुनेछ । त्यसैगरी ८५ रुपैयाँमा ७ दिनसम्म र २ सय ४० रुपैयाँमा २८ दिनसम्म अनलिमिटेड डाटा राती १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिन्छ । सबै प्याकमा १ जीबी डाटासम्म थ्रिजी÷फोरजीको गतिमा चल्ने छ र त्यसपछि २ सय ५६ केबीपीएसको गतिमा अनलिमिटेड चल्ने छ । यसैगरी अल टाइम सोसियल मिडिया डाटा प्याक अन्तर्गत सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ट्वीटर चलाउन सकिने छ । यसमा पनि थप ५० प्रतिशत बोनस डाटा उपलब्ध हुनेछ । थप बोनससमेत गरी ५ रुपैयाँमा ३० एमबी डाटा १ दिन, २५ रुपैयाँमा १३५ एमबी डाटा ७ दिन र १ सय रुपैयाँमा ६ सय ७५ एमबी डाटा २८ दिनका लागि उपलब्ध हुनेछ । यस्तै २ सय रुपैयाँमा १हजार ५सय एमबी डाटा २८ दिन समयावधिका लागि उपलब्ध हुने टेलिकमले जानकारी दिएको छ ।

