प्रारम्भ खबर ।
पुस २९, पाल्चोक । हेलम्बु गाउँपालिका ३ पाल्चोक स्थित श्री जय बगेश्वरी मा.वि लाई बिद्यालयको सुरक्षाको लागी तरबार लगाउन उक्त विद्यालयका भुपु विद्यार्थीहरुको सक्रियतामा सहयोग सङ्कलन गरिएको रकम विद्यालयलाई चेक हस्तान्तरण गरेको छ ।
आफुहरुले शिक्षाको उज्यालो देखेको शैक्षिक संस्था र आफुले पहिलो चोटि कलम समाउन सिकेको मन्दिरको रुपमा विद्यालयलाई हेर्दै भुपु विद्यार्थीहरुले विद्यालयलाई के हि सहयोग होस भन्ने हेतुले सहयोग अभियान चलाएका थियो । उक्त अभियानमा समाजसेवीहरु, विभिन्न शैक्षिक संस्थाका ब्यक्तिहरु, राजनितिक ब्यक्तिहरु , विद्यार्थीहरु लगायत विभिन्न ब्यक्तिहरुले आर्थिक सहयोग गरेका थिए । बिद्यालयलाई निस्वार्थ भावनाले सहयोग गर्ने उदेश्यले चलाएको अभियान बाट उठेको रकम बिद्यालयको वार्षिकोत्सबको अवसरमा बिद्यालय ब्यवस्थापन समिति ,वडा जनप्रतिनिधि लगायत शिक्षाक तथा अभिभावकहरु माझ विद्यालयलाई सङ्कलित रकम रु ।१,००,१०१ (एक लाख एक सय एक)को चेक हस्तान्तरण गरेको छ ।

हस्तान्तरण पछी भुपु विद्यार्थीहरुले सहयोग गर्ने सम्पुर्णमा धन्यवाद व्यक्त गर्दै बिद्यालयलाई शिक्षाको मन्दिरको रूपमा हेर्दै आफुहरुले सहयोग अभियान चलाएको र उक्त अभियानमा सम्पुर्णले साथ दिएकोमा खुसी व्यक्त गर्नुका साथै उक्त बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई बिद्यालयलाई पबित्र मन्दिरको रुपमा लिएर शिक्षा आर्जन गर्न सुझाव दिए ।

