मलेसियामा एकताको संदेश छर्न संयुक्त रुपमा ल्होछार मनाउने

सुजन पाख्रीन ।
पुस २८, काठमाडौं । मलेसियामा सक्रिय तामाङ संस्थाहरु तामाङ समाज मलेसिया,नेपाल म्हार म्हेन्दो तामाङ कलाकार संघ मलेसिया र तामाङ समाज क्षेत्रीय समिती पेनाङको संयुक्त आयोजनामा सोनाम ल्होछार भव्यताका साथ मनाउने भ​एको छ ।

संसार भरी छरिएका तामाङहरु एक हौ हाम्रो भाषा, धर्म र संस्कृतिको जगेर्ना गरौं भन्ने मुल नाराको साथ मञ्जुश्री संवत २८५४, औं सोनाम ल्होछार (खि) नागी ल्हो लाई बिदाई गर्दै २८५५,औं सोनाम ल्होछार (फाग्) ल्हो सुंगुर बर्गलाई पछ्याउदै तामाङ जातीको महान पर्व सोनाम ल्होछारको शुभ अवसरमा तामाङ समाज मलेसिया,नेपाल म्हार म्हेन्दो तामाङ कलाकार संघ मलेसिया र तामाङ समाज क्षेत्रीय समिती पेनाङको संयुक्त आयोजनामा बृहत संस्कृतिक कार्यक्रम गरी मनाइने भ​एको छ । कार्यक्रममा नेपाल बाट आमन्त्रित राष्ट्रिय कलाकारहरु गायक तथा संगीतकार संजीव वाईबा तामाङ,नेपाली तारा गायक सुरेश स्याङ्बो तामाङ,गायक तथा संगीतकार प्रयास दोङ तामाङ,नायिका सुष्मा मोक्तान तामाङ ,गायिका सुजना रुम्बा तामाङ साथमा म्हेन्दोमाया बरिष्ट गायिका (संगीतकार तथा रचनाकार) मिना थोकर तामाङको बेजोड प्रस्तुति रहने छ ।

विगत १५,वर्ष देखि निरन्तर मलेसियामा कार्यरत तामाङहरु एकजुट भएर स्वदेशमा मात्रै नभै विदेशमा पनि हामी एक हौं भन्ने विश्व सामु एकताको संदेश छर्न संयुक्त रुपमा ल्होछार मनाउन लागेको आयोजकले जनायको छ । रेस्टुरेट मन्डला, पर्देशि रेस्टुरेट र फुल्बारी रेस्टुरेट प्रयोजक रहेको उक्त कार्यक्रम ५ फेब्रुअरि २०१९ मा एरिना स्टार क्वालाकलम्पु मलेसियमा हुने छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.