कृषि तथा पशुपालनमा अनुदान दिइने

पुस २४, राँझा । प्रदेश ५ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले कृषि तथा पशुपालनमा किसानलाई आवश्यक अनुदानको व्यवस्था गरिने बताएकी छन् ।

बाँकेको नरैनापुर गाउँपालिका–३ कालाफाँटामा रहेको उत्तमपुर गौशालामा आज आयोजित कृषक भेटघाट कार्यक्रममा उनले आर्थिक समृद्धि र सुखी जीवनको कल्पना कृषि तथा पशुपालनबाटै सम्भव भएकाले आवश्यक सहयोग गर्न प्रदेश सरकार योजनासहित लागेको जानकारी गराइन् । मागका आधारमा किसानलाई गोठ र खेतबारीमै पुगेर व्यावहारिक तालीम दिइने मन्त्री पौडेलले उल्लेख बताइन् ।

उनीसँग नरैनापुर, कालाफाँटा र मटेहियाका किसानले कृषिका लागि सिँचाइमा प्रयोग हुने बोरिङलगायत उपकरण तथा पशुपालमा अनुदान दिन माग गरेका थिए । रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.