आयल निगमको कार्यकारी निर्देशकको प्रतिस्पर्धामा ५ जना छनोट

पुस १३, काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि खुला प्रतिस्पर्धामा ५ जना उम्मेदवार छनौटमा परेका छन् ।

णिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा गठित समितिले व्यक्तिगत विवरणसहित आवश्यक योग्यता पुगेका आधारमा ५ जनाको नाम पहिलो चरणमा छनौट गरेको हो । समितिले सुरेन्द्र पौडेल, रामप्रसाद धिताल, अनिल झा ,तारानाथ पौडेल र लोकबहादुर खड्काको नाम ‘सर्ट लिष्ट’मा निकालेको हो । पौडेल हेटौंडा सिमेन्ट कारखानाका महाप्रबन्धक हुन् भने धिताल वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रका पूर्वकार्यकारी निर्देशक हुन् ।

त्यस्तै अनिल झा जनक शिक्षा सामाग्री केन्द्रका पूर्वमहाप्रबन्धक हुन् । पाँचैजनाले आआफ्नो कार्ययोजना पेश गरेपछि अन्तिम ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस हुनेछ । ती तीनमध्ये एक जनालाई मन्त्रिपरिषदले आयल निगमको कार्यकारी निर्देशमा नियुक्ति गर्नेछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.