पुस ९, काठमाडौं । माघ ४ गते रिलिज हुने नेपाली कथानक चलचित्र ‘गरुड पुराण’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार सार्वजनिक गरिएको ट्रेलरमा चलचित्रका अधिकांश मुख्य कलाकार फिचर्ड छन् ।
ट्रेलरमा कलाकारहरू पैसाको पछाडि दौडिएको देखाइएको छ । चलचित्रमा नाजिर हुसेन, कर्मा शाक्य, प्रियंका सिंह ठकुरी, कामेश्वर चौरासिया, प्रवीन खतिवडा, प्रकाश घिमिरे, रश्मी भट्ट, लुनिभा तुलाधर लगायत कलाकारको अभिनय छ । सुभाष कोइरालाले चलचित्रलाई निर्देशन गरेका छन् ।

