बैंक तथा वित्तिय संस्थाहरुलाई प्रविधिमैत्री बनाउने गभर्नरको प्रतिवद्धता

पुस ८, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तिय संस्थाहरुलाई प्रविधिमैत्री बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् ।

गभर्नर नेपालले बैंक तथा वित्तिय संस्थाहरुलाई प्रविधियुक्त बनाउन मानव संशाधनको विकासमा पनि जोड दिइएको स्पष्ट पारे । आईतबार काठमाडौंमा आयोजित एक अन्तराष्ट्रिय स्तरको बैंक तथा वित्तिय संस्थाहरुको कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले विश्वमा प्रयोगमा आएका नयाँ–नयाँ प्रविधिहरुको प्रयोग गर्न सक्ने जनशक्ति व्यवस्था गरेर अघि बढन पनि बैठक तथा वित्तिय संस्थाहरुलाई सचेत गराए ।

नेपाल राष्ट्र बैंकले बैंकहरुलाई प्रविधिले युक्त बनाउन आवश्यक नीतिगत व्यवस्था पनि तय गर्दैछ । गभर्नर नेपालले प्रविधिको प्रयोगमा जोड नदिने बैंक तथा वित्तिय संस्थाहरु आधुनिक बजारमा टिक्न नसक्ने पनि स्पष्ट पारे ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.