रविको मन छुने कहानी: म्यादी प्रहरीदेखि नेपाल आइडल सम्म

पुस ६, काठमाडौं । सामाजिक संजालमा भेटिएको एउटा दुर्लभ तस्वीरले सोच्न बाध्य बनायो । आज नेपाल आइडलको फिनाले । फिनालेमा पुगेका ४ जना मध्ये एक जनाको तस्विर थियो त्यो । नेपाल आइडलमा पुगेर आफ्नो क्षमता देखाउदै टप ४ मा पुगेका रवि ओडको कहाँनि अरुको भन्दा कहालीलाग्दो नै छ । उनले भोगेको दुख र गरेको संघर्षले बताउछ कि उनि एकदिन सफलाताको शिखरमा अवस्य पनि पुग्ने छन । यतिबेला नेपाल आइडलमा संगीतमा साधना गरिरहेका प्रतिष्पर्धी देखि लिएर जीविकोपार्जन गर्नको लागि, घर खर्च चलाउनको लागि म्यादी प्रहरीमा बन्दा ठुलो सफलता पाएको भन गर्ने मान्छे पनि छन ।

हुन त कसैको तुलना कसैसंग गर्न मिल्दैन तर रवि ओडको गीत संगीतप्रतिको लगाव र गायन कला देख्दा लाग्छ उनु भित्र इश्वरीए देन छ गायन को त्यो उनले जन्मिदा नै ल्याएर आएको थिए सायद । सानै छदा गुनगुनाएको सुनेर आमाले सोच्थीन रे मेरो छोरो एकदिन ठुलो कलाकार बंछा होला । तर विडम्बना यतिबेला छोराको सफलता हेर्न चाहने उनलाई जन्माउने आमा यो संसारमा छैनन यदि हुदी हुन त आज रविको सफलतामा सबै भन्दा बढी खुसि उनै देखेने थीन । यतिबेला उनकि अर्की आमा छन जसले आमाको मायामा कहिल्यै कमि हुन दिएनन । परदेशमा बुवा छन जसको खुसीको सिमा नै छैन । हजारौ आफन्त लाखौ शुभचिन्तक छन । उनीहरु सबैलाई रविको सफलताले निकै खुसि बनाउने छ ।

यतिबेला नेपाल आईडलको फाईनलमा पुगेर प्रतिस्पर्धा गरिरहेका रवि पनि नेपाल आइडलका मुख्य दाबेदार हुन । आजसम्म डेन्जर जोन मा समेत नपरेका रविलाई देश विदेश बाट धेरै दर्शकको माया साथ र सहयोग मिलेको कुरा प्रष्ट थाहा हुन्छ । सिजन २ को धनगढी अडिशनबाट नेपाल आईडलको यात्रा तय गरेका रबिले हरेक पटक आफुले उत्कृष्ठ गीत गाउँदै निर्णायाक, दर्शक तथा संगीत पारखिको मन जितेका छन । फिनाले नजिकिए संगै आइडलको रौनक समेत निकै बढेको पाइएको छ । रबिले आफुलाई बिजयी बनाउन मोवाईल मार्फत एसएमएस र रेस्पेक्ट मोवाईल एप्लिकेशन मार्फत भोट गरिदिन आव्हान गरेका छन । मोवाईलको म्यासेज बक्समा गएर रबिको भोटिङ कोड १० टाईप गरी ३१००९ मा भोट गरीदिन देश बिदेशमा रहेका सबै नेपालीहरुलाई आग्रह गरेका छन ।

भोट पौष ६ गते बेलुका ५ बजेसम्म मात्रै हाल्न पाईने भएकोले जतिसक्दो छिटो र जतिसक्दो धेरै भोट गरिदिन उनको अनुरोध छ । नेपाल आईडलको फर्म्याट अनुसार अडिसन हुदै त्यसपछिकाे लामाे यात्रा पार गर्दै सुदूरपश्चिम धनगढीबाट रवि ओड सहित पश्चिम पोखराका बिक्रम बराल र पूर्वको झापा बाट अश्मिता अधिकारी र सुमित पाठक नेपाल आइडलको फिनालेमा पुग्न सफल भएका छन । फिनालेमा पुगेका ४ जनाबाटै नेपाल आइडलको टुंगो लाग्नेछ । रबिले सुदूर तथा कर्णाली प्रदेशको संस्कृति झल्किने डेउडा, लोक गीत तथा आधुनिक, राष्ट्रिय, पप लगायतका गीतमा उत्कृष्ठ कला पस्किँदै सबैको मन जित्न सफल भैसकेका छन । नेपाल आईडलको मञ्चमा उनले गाएका सबैजसो गीतमा जजले प्रशंसा गरेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.