पूर्व गभर्नर तिलक रावलविरुद्ध भ्रष्टाचार मुद्दा दायर, १ करोड बिगो दावी

पुस ५, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोलिमर नोट छपाएमा भ्रष्टाचार गरेको अभियोगमा नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर डा. तिलक रावल सहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अख्तियारले पूर्व गर्भनर रावलसँगै नेपाल राष्ट्र बैंकमा तत्कालिन नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौड्याल र मे फ्लावर लिमिटेडका हिमालय बहादुर पाण्डेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । रावल पाँच वर्षसम्म नेपाल राष्ट्र बैंकको गभर्नर बनेका थिए । सोही अवधिमा राष्‍ट्र बैंकबाट अष्ट्रेलियामा १० को ५ करोड थान पोलिमर नोट छपाइमा भ्रष्टाचार गरेको अभियोग लागेको छ । अख्तियारले रावललाई ९१ लाख बढी बिगो दाबी गरेको छ ।

अष्ट्रेलियाको स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाई भएको, नोट प्रिन्टिङ अष्ट्रेलियासँग गैर कानुनी मिलेमतो गरी उक्त स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाई भएको उजुरीमाथि अख्तियारले अनुसन्धान गरेर मुद्दा दायर गरेको हो । अनुसन्धान हुँदा बोलपत्र पूर्व नै नेपाल राष्ट्र बैंकले नोट प्रिन्टिङ अष्ट्रेलियासँग बोलपत्रका मस्यौदा लिने, संचालक समितिका निर्णय चुहाउने, जर्मन कम्पनीसँगको साँचो नोट प्रिन्टिङ अष्ट्रेलियालाई हस्तान्तरण गर्न लगाउने, नेपाल राष्ट्र बैंक र नोट प्रिन्टिङ अष्ट्रेलिया तथा त्यसका स्थानीय प्रतिनिधी बिचका निरन्तर पत्राचार हुने, छापिएका नोटका कमिकमजोरी मिडियामा नल्याउनका लागि मिडियाकर्मीलाई थाइल्याण्ड हुँदैं अष्ट्रेलिया पठाउने, नोट छपाईका लागि जसलाई पछि कार्यादेश दिइएको हो उसलाई नै बोलपत्र पूर्व नै नोटको डिजाईन गर्न लगाउने, बोलपत्रका क्रममा स्थानीय प्रतिनिधिको प्रभावमा राजश्व छल्ने नियतले कमिशन उल्लेख नगर्ने सम्झौता गरेको अनुसन्धानका क्रममा पुष्टि भएको आयोगको भनाई छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.