भजन शैलीमा ‘गोपी’ को पहिलो गीत (भिडियाे)

मंसिर ६, काठमाडौं। चलचित्र ‘गोपी’को पहिलो गीत ‘लक्ष्मी कहिले काली’ रिलिज गरिएकाे छ। गीत भजन शैलीकाे रहेकाे छ ।

दिपेन्द्र लामाको निर्देशन रहेको फिल्म ‘गोपी’ काे यस गीतमा साहित्यकार बुद्धिसागरको शब्द र अर्जुन पोखरेलकाे कम्पाेज रहेकाे छ । अर्जुनले आफ्ना पिता बाबुराम पोखरेलकाे सहयाेगमा गीत कम्पोज गरेका हुन । गीतमा धुरव विस्को र एन्जिला रेग्मीले आवाज भरेका छन ।

गीतमा मुख्य कलाकार विपिन कार्की, वर्षा राउत छमछमी नाचेका छन । उनीहरूलारि अंकित खड्का, भोला सापकोटा लगायतले साथ दिएका छन ।

चलचित्रमा सुरक्षा पन्त, प्रकाश घिमिरे, रमेश अधिकारी, सरोज अर्याल, कमलमणि नेपाल, हिउँबाला गौतम लगायतको पनि अभिनय रहेको छ । फिल्म माघ १८ बाट प्रर्दनमा अाउँदै छ । श्रीधर पौडेल कार्यकारी निर्माता रहेको चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन रहेकाे छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.