नव गायक अविनाशको पहिलो गीत ‘हानौं कि नजरको बाँणै’ ले  सार्वजनिक

मंसिर ४, काठमाडौं । नेपाली सांगीतिक क्षेत्र सानो छ तर संगीतमा नाम, दाम कमाउने रहर र सपना बोकेर आउने गायक गायिकाको सङ्ख्या धेरै छ ।

हरेक दिन नयाँ एल्बम बिमोचन र गीतहरु डिजिटल बजारमा सार्वजनिक भैराखेका हुन्छन्। नयाँ गायक गायिकाले नयाँ शैलीका विभिन्न एक्स्पेरिमेन्टल गीत र भिडियो प्रस्तुत गरिराखेका छ्न। प्रविधिको बिकास संगै उच्च क्वालिटीका भिडियो निर्माण जसरी दिनानुदिन हुदै छ संगीत सिकेर बुझेर आउने गायक गायिकाको प्रवेश पनि भैराखेको छ। बिगत ४ वर्ष देखी शास्त्रीय संगीत अध्यनरत नव गायक अविनाश श्रेष्ठले आफ्नो पहिलो गीत हानौं कि नजरको बाँणैले  सार्वजनिक गरेका छ्न।

हिजोआज भिडियोमा डान्सिङ बिटका भिडियो पपुलर भैराखेको बेला गायक श्रेष्ठले डान्सिङ बिटको रमाइलो गीत सार्वजनिक गरेका हुन। यस गीतमामा स्वर अविनाश श्रेष्ठको रहेको छ भने शव्द र संगीत उमेश राज खड्काको रहेको छ । गीतको एरेन्जमेन्ट बिशाल निरौलाले गरेका हुन। गीतको भिडियोमा सागर लोप्चन , इच्छा अधिकारी , आयुष सिंह श्रेष्ठ , बिवेक गजमेरको अभिनय हेर्न सकिन्छ । ज्ञानेन्द्र शर्माले भिडियो को छायांकन गरेका हुन। सागर लोप्चनको कन्सेप्ट र निर्देशनमा भिडियो तयार भएको हो।

https://youtu.be/PwMsxWP09d0 

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.