ज्ञान सुब्बा र कला चेम्जोङको ‘झरना झरी’ को म्युजिक भिडियो सार्बजनिक

मंसिर ३, काठमाडौं । गायक ज्ञान सुब्बा र गायिका कला चेम्जोङको युगल गायनमा रहेको गीत ‘झरना झरी’ को म्युजिक भिडियो सार्बजनिक भएको छ ।

पोषराज दाहालले शब्द लेखेको गीतमा संगीत भर्ने काम भने साज सिंहले गरेका छन् भने मिक्सिंग मिन विस्ट र एरेन्ज चाँद सिंहले गरेका छन । रोमान्टिक शैलीको म्युजिक भिडियोमा निराजन प्रधान र निरंजली लामाको रोमान्टिक अवतार देख्न सकिन्छ । केही समय अगाडी मात्र फुल टिप्दा बोलको गीत बजारमा ल्याएका गायक सुब्बा सार्बजनिक गीतबाट निकै आसबादी रहेका छन ।

गीतलाई निर्देशन भने सोनाम पाख्रिनले गरेका हुन् । भिडियोमा उत्सब दाहालको छायाँकन र सुशील न्यौपानेको सम्पादन देख्न सकिन्छ । गीतलाई निर्माण महेन ध्वज खाँडले गरेका हुन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.