गायिका पूर्णिमाको ‘फूल भनौं जीन्दगीलाई’ म्युजिक भिडियो रिलिज

कात्तिक १२, काठमाडौं । गायिका पूर्णिमा लामाको स्वर रहेको ‘फूल भनौं जीन्दगीलाई’ बोलको गीतको अफिसियल भिडियो सार्वजनिक भएको छ। शनिबार युट्युबमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो।

केही महिना अगाडि यस गीतको अडियो सार्वजनिक गरिएको थियो। उक्त अडियो गीतलाई युट्युबमा २९ लाख ८२ बढी भ्युज मिलेको छ। अडियो गीतलाई यत्ति धेरै माया दिएको भन्दै यस गीतबाट आफू निकै आशावादी रहेको गायिका लामाले बताइन्। उनले भनिन्, गीतको अडियो दर्शकले रुचाइदिनु भएको छ। भिडियो पनि राम्रो बनेकोले सफल हुनेमा आशावादी छु।

भुपेन्द्र बुढाथोकीको शब्द समावेश उक्त गीतमा गोविन्द मधुर आचार्यको संगीत सुन्न सकिन्छ। गीतको एरेन्जर पनि संगीतकार आचार्य नै हुन्। गीतकार भुपेन्द्र पनि यस भिडियोबाट निकै आशावादी छन्। गीतको अडियो दर्शक–श्रोताले रुचाएका कारण भिडियो पनि रुचाउने उनको तर्क छ।

शान थापाको निर्देशनमा तयार भएको भिडियोमा गीतकार भुपेन्द्र बुढाथोकी र एलिशा राईको अभिनय रहेको छ। राजिव समरको नृत्य निर्देशन रहेको भिडियोमा अर्जुन तिवारीको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ।

हेर्नुहोस भिडियो

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.