छालाको उपचारमा फोटोथेरापी

अल्ट्राभाइलेट किरण घामबाट निस्कने प्राकृतिक किरण हुन्। आँखाले देख्न नसकिने यी किरणले मानव शरीरमा फाइदा तथा बेफाइदा दुवै पुर्‍याउँछन्। विभिन्न किसिमका युभी किरणहरु जस्तै युभिए, युभिबी र युभिसीहरुमध्ये युभिबी छालाका विभिन्न रोगहरुमा उपयोगी हुन्छ। फोटोथेरापी भन्नाले प्रकाशको किरणद्वारा छाला रोगको उपचार गर्ने प्रविधि हो।

उपचारमा फोटोथेरापी दुई किसिमका हुन्छन्, युभिए र युभिबी। युभिए फोटोथेरापी प्रयोग गर्दा औषधिको सेवन गरेर वा लगाएर सेक्नुपर्ने हुन्छ। युभिबीको नयाँ फोटोथेरापी प्रविधिलाई न्यारो ब्रण्ड फोटोथेरापी भनिन्छ। यस्तो फोटोथेरापीमा कुनै प्रकारको औषधिको सेवन नगरिकन फोटोथेरापी मेसिनमा सेक्ने गरिन्छ।

सामान्यतयाः फोटोथेरापीको प्रयोग विभिन्न किसिमका रोगहरु जस्तै सेतो दुबी, कत्ले रोग, जीउको एलर्जी, घामको एलर्जी, जीउमा चिलाउने कालो दाग, जीउमा डाबर, जीउ चिलाउनेलगायतका रोग तथा समस्यामा प्रयोग गरिन्छ।

फोटोथेरापीले कसरी काम गर्दछ ?

यसले छालाको प्रतिरोधात्मक क्षमतालाई नियन्त्रण गरेर छालाको एलर्जी, डाबर तथा सुख्खापनालाई घटाउँछ, जसले गर्दा छालाका कोषहरुलाई सुख्खा हुनबाट जोगाउँछ।

कसरी लिइन्छ फोटोथेरापी ?

फोटोथरापी सुरु गर्नुभन्दा अगाडि पर्याप्त मात्रामा मोइस्चराइजर अथवा तैलीय प्रदार्थको प्रयोग गर्नुपर्दछ । यो साधारणतयाः हप्तामा ३ पटक गरिन्छ। जति सुधार हुँदै जान्छ त्यति पटक डोज घट्दै जान्छ। जस्तै हप्तामा ३ पटकबाट २ पटक, १ पटक हुँदै जान्छ।

न्यारो ब्राण्ड युभिबी फोटोथेरापी भन्नाले के बुझिन्छ ?

यो फोटोथेरापी अत्याधुनिक प्रविधि हो, जसमा औषधि सेवन गर्नु पर्दैन। यो प्रविधि गर्भवती महिला, स्तनपान गराउने महिला, रक्सी सेवन गर्ने व्यक्ति, बच्चादेखि बृद्धलाई तथा मधुमेह, उच्च रक्तचाप, जीर्ण कलेजोको र मिर्गौलाको समस्या भएका बिरामीलाई दिन सकिन्छ। –स्वास्थ्य खबरको सहयोग

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.