रोहित र विराटको २४६ रनको साझेदारीमा भारतको शानदार जित

कार्तिक ५, काठमाडौँ। भारतले वेस्टइन्डिजविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा जित हासिल गर्दै एकदिवसीय सिरिजमा पनि विजयी सुरुवात गरेको छ।

आइतबार भएको खेलमा वेस्टइण्डिजले प्रस्तुत गरेकाे ३२३ रनको लक्ष्य भारतले ४२।१ अाेभरमा २ विकेटकाे क्षतिमा पुरा गर्दै को जित हासिल गरेको हो।

निर्धारित ५० ओभरमा वेस्टइण्डिजले ८ विकेटको क्षतिमा ३२२ रन बनाएको थियो । यसका लागि शिम्रोन हेत्मेयरले सर्वाधिक १०६ रन बनाएका थिए भने कायरन पोवेलले ५१ रनको योगदान दिएका थिए । बलिङतर्फ युज्वेन्द्र चाहलले ३ र रविन्द्र जडेजा तथा मोहम्मद शामीले २–२ विकेट लिए ।

गुआहाटीको बर्सपारा रंगशालामा भएकाे खेलमा भारतले टस जितेर फिल्डिङ रोजेको थियो । ३२३ को लक्ष्य पाएको भारतले जवाफी ब्याटिङ सुरु गरेपछि शिखर धवनलारि सस्तैमा गुमाएकाे थियाे । त्यसपछि अाेपनर राेहित शर्मालाइ साथ दिन अाएका कप्तान काेहलीले शर्मासँग शानदार २४६ रनको साझेदारी गरेका थिए । उनी खेलकाे ३३अाैं अाेभरकाे अन्तिम बलमा व्यक्तिगत १४० रन बनाएर अाउट भए ।

खेलकाे अन्तयसम्म टिकेका अाेपनर राेहित शर्माले नटआउट १५२ रन बनाएका थिए । उनले शानदार छक्कासँगै निर्धारित लक्ष्य भेट्टाएका थिए ।

बलिङतर्फ देवेद्र बिशू र अाेशाने थाेमसले १-१ विकेट लिएका थिए । खेलको म्यान अफ द म्याच कप्तान विराट कोहली बनेका थिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.