त्रिशूलीमा बस खस्दा एक जना घाइते

असोज २९, काठमाडौं । त्रिशूली नदीमा बस खस्दा एक जना घाइते भएका छन् । लमजुङबाट काठमाडौंतर्फ आउँदै गर्दा ना ५ ख ३७०५ नम्बरको यात्रुबाहक बस गएराति १२ बजे चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा त्रिशूली नदीमा खसेको प्रहरी जानकारी दिएको छ ।

दुर्घटनामा अन्य ४ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । बस सडकबाट करिब ७० मिटर तल खसेर नदीमा खसेको थियो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.