नेपाली सेनाले दशमीको दिन ८ रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्ने

असोज २८, काठमाडौं । नेपाली सेनाले यस वर्षको विजया दशमीको दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । कात्तिक २ गते शुक्रबार पर्ने टीकाको दिन काठमााडैं उपत्यकाका ८ वटा रुटमा निःशुल्क बस चलाइने सेनाले जनाएको छ ।

८ वटा रुटमा बिहान ७ बजे, ११ बजे र दिउँसो तीन बजे भद्रकालीबाट ३० सिट क्षमताका १–१ वटा बस छुट्ने सेनाले जनाएको छ । यसैगरी सेनाले दसैंमा घर बिदामा जाने सेना तथा तिनका परिवारका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको छ । असोज २५ गतेबाट सुरु भएको सेवा ३१ गतेसम्म चल्नेछ ।

रुट नं. १
भद्रकाली, माईतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, कीर्तिपुर, कलङ्की, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क ।

रुट नं. २
भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बूढानिलकण्ठ, बालाजु चोक, सोह्रखुट्टे, कान्तिपथ, माईतीघर ।

रुट नं. ३
भद्रकाली, माईतीघर, त्रिपुरेश्वर, कालिमाटी, कलङ्की, थानकोट, स्वयम्भु, छाउनी (अस्पताल), ताहाचल, टेकु, थापाथली ।

रुट नं. ४
भद्रकाली, माईतीघर, बानेश्वर, तिनकुने, गौशाला, चाबहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ, भद्रकाली ।

रुट नं. ५
भद्रकाली, थापाथली, कुपण्डोल, जावलाखेल, सातदोबाटो, चापागाउँ, सातदोबाटो, तिनकुने, बानेश्वर, शहिदगेट ।

रुट नं. ६
भद्रकाली, दरबारमार्ग, कमलपोखरी, गौशाला, चाबहिल, बौद्ध, साँखु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली ।

रुट नं. ७
भद्रकाली, माईतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, सिनामङ्गल, कोटेश्वर, सूर्यविनायक, ठिमी, कोटेश्वर, माईतीघर, भद्रकाली ।

रुट नं. ८
भद्रकाली, माईतीघर, कोटेश्वर, सातदोबाटो, कलङ्की, बालाजु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.