विपन्नका खरको छानो हटाउँदै जनप्रतिनिधि

असोज २८, उर्लाबारी । जनप्रतिनिधि सुविधाभोगी हुन थालेको गुनासो आइरहेका बेला मोरङको कानेपोखरी गाउँपालिकाका जनप्रतिनिधिले आफैंले गरेको निर्णय फिर्ता गर्दै सो रकमले गरीबहरुको खरको छानो हटाउने कार्यक्रम ल्याएका छन् ।

उक्त गाउँपालिकाको वडाध्यक्षका लागि भनेर मोटरसाइकल खरीद गर्न चालु आर्थिक वर्षमा छुट्याइएको रु १६ लाख फिर्ता गर्दै गाउँपालिकाभित्रका विपन्न परिवारको खरको छानो हटाएर टिनको छानो लगाइदिने निर्णय भएको गाउँपालिकाका प्रवक्ता सुशील बुढाथोकीले जानकारी दिनुभयो । हो ।

यसअघि उक्त कार्यक्रमका लागि अहिले रकम थप गरी रु ३६ लाख जम्मा गरिएको र सो रकमले विपन्न परिवारका टिनको छानो लगाइने गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले बताउनुभयो ।–रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.