काबुल आक्रमणमा मृत्यु हुनेको संख्या २२ पुग्यो

असोज २८, काबुल। अफगानिस्तानको ताखार प्रान्तमा आयोजित चुनावी र्यालीमा शनिबार भएको बम आक्रमणमा परी मृत्यु हुनेहरुको संख्या २२ पुगेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

अफगानिस्तानमा यही अक्टोबर २० तारिखका दिन हुने संसदीय र प्रान्तीय निर्वाचन नजिकिँदै गर्दा हिंसाका घटनाहरु बढ्दै गएका छन् । निर्वाचन लक्षित हिंसात्मक घटनामा परी अहिलेसम्म सयौंको मृत्यु भइसकेको छ । शनिबार ताखार प्रान्तमा आयोजित ¥यालीमा भएको आक्रमणमा परी ३६ जना घाइते भएको अधिकारीहरुले जनाएका छन् । आक्रमणकारीहरुले उक्त र्यालीमा सम्बोधन गर्न महिला उम्मेदवार नजिफा युसोफी बेग आइपुग्नु ठीक अघि विस्फोट गराएका थिए । (रासस÷एएफपी)

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.