सञ्चार उद्यमी हेमराज ज्ञवालीको निधन

असोज २८, काठमाडौं । मिडिया उद्यमी हेमराज ज्ञवालीको निधन भएको छ ।

छातीमा समस्या आएपछि गंगालाल हृदय केन्द्र पुर्याइएका ७९ वर्षीय ज्ञवालीको शनिबार उपचारका क्रममा निधन भएको हो ।पाल रिपब्लिक मिडियाका संस्थापक अध्यक्षसमेत रहेका ज्ञवालीको ‘माइल्ड अट्याक’का कारण निधन भएको गंगालाल हृदय केन्द्रले पुष्टि गरेको छ ।

ज्ञवाली निजी क्षेत्रको पत्रकारिता विकास गर्ने अगुवा मानिन्छन् । उनकै सक्रियतामा कान्तिपुर पब्लिकेसन र नेपाल रिपब्लिक मिडियाको प्रकाशन शुरु भएको थियो । उनी दुवै प्रकाशनका संस्थापक अध्यक्ष थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.